ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीताको पार्थिव शरीरमा पति प्रचण्ड सहित दुई छोरीले दागबत्ती दिए


ABC NEWS
असार २७, २०८० बुधबार  ३ : ५५ बजे

काठमाडौँ २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी दिवंगत सीता दाहालको हिन्दु परम्परा अनुसार पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानमन्त्री समेत रहेका पति पुष्पकमल दाहाल प्रचण्ड र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दिउँसो साढे ३ बजे पार्थिव शरीरमा दागबत्ती दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगै रेणु र गंगा पनि चिता वरपर घुमेका थिए । दिवंगत दाहाललाई माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि अन्तिम संस्कारका लागि पशुपति लगिएको हो ।

श्रद्धाञ्जली अर्पण गर्नका लागि दाहालका आफन्तहरूसहित माओवादीका शीर्ष नेता तथा कार्यकर्ताहरू मंगलबार दिउँसो पेरिसडाँडामा पुगेका थिए । साथै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव नेपाल, बाबुराम भट्टराई लगायत नेताहरू सीता दाहाललाई श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ पुगेका थिए ।

उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सीताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । साथै सेनाको टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको ६९ वर्षको उमेरमा मंगलबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
‘Sita Dahal Life partner of Prachanda’, video biography by Sharada Sharma to ABC Televison.

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com