काठमाडौ असार २६ । लोक सेवा आयोगले शाखा अधिकृत पदका लागि लिएको पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।आयोगले यही असार १६ गते लिएको लिखित परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।
आयोगका अनुसार पहिलो चरणको परीक्षामा सहभागी भएका १५ हजार ९८४ जना परीक्षार्थीहरुमध्ये ५ हजार ९६७ जना पास भएका छन् ।१० जना परीक्षार्थीको परीक्षा भने उत्तरपुस्तिकामा की उल्लेख नगरेकाले रद्द भएको आयोगले जनाएको छ ।पहिलो चरणमा पास भएकाहरु साउन २५ गते हुने दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् ।
दोस्रो चरणको परीक्षामा छनोट भएकाहरुले साविककै प्रवेशपत्रबाट आयोगका धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, र दिपायल कार्यालयहरुले तोक्ने परीक्षा केन्द्रमा मात्र सहभागी हुन पाउने छन् ।








प्रतिक्रिया दिनुहोस्