ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारको हल्ला गरेर सरकारले जहाँ ताक्न खोजेको हो त्यहाँ लाग्नेवाला छैन : ओली


ABC NEWS
असार २६, २०८० मंगलबार  ३ : ५४ बजे

काठमाडौं २६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएर स्टन्ट मात्र गर्न खोजेको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै मंगलबार ओलीले राष्ट्रिय राजनीतिमा अभियन भइरहेको टिप्पणी गरे। उनले कार्यकर्तालाई अभिनयभन्दा माथि उठ्न आग्रह गरेका छन्।

‘जनतालाई भ्रम दिएर वाहवाही बटुल्न खोजेको मात्र हो। यसबाट अरु केही हुँदैन। केही हुनेवाला छैन,’ ओलीले सम्बोधनको क्रममा भने, ‘जहाँ ताक्न खोजेको त्यहाँ लाग्नेवाला नै छैन यीनिहरूले के गर्छन ररु यिनिहरूले भकुण्डो भित्तामा हान्न खोज्छन्, फर्किएर आफैंतिर लाग्न खोज्छ।’

उनले कहिलेकाँही ढाँटेर पनि राजनीतिमा सफल होइने बताउँदै उक्त कुरा लामो समयका लागि नहुने बताए।

‘ढाँटेर राजनीतिमा सफल होइन्छ, नेपालमा पनि त्यस्तो भएको छ। तर त्यो एकछिनलाई हो। सधैंलाई सफल हुन सक्दैन,’ ओलीले भने, ‘कन्ठ गरेको एउटा श्लोक सुनाएर एकछिनलाई के के न पढाइया जस्तो देखिन सक्छ। तर एकछिन कुरा गरेपछि कन्ठ गरेको हरफ पर्याप्त हुँदैन।’

उनले सरकारले अरुलाई हान्न खोज्दा आफ्नै टाउकोमा लाग्ने पनि बताए।

‘अर्कोलाई हान्न खोज्छन्, तर आफ्नै टाउकोमा लाग्छ। यो सबै स्टन्ट मात्र हो। जो सबैभन्दा बढी अविश्वसनीय छ उ नै विश्वासिलो हुन खोज्दैछ,’ ओलीले भने, ‘जो धैरै भ्रष्ट छ उही भ्रष्टाचार विरोधी। अहिले अभिनय गरिरहेका छन्। राष्ट्रिय राजनीतिमा फिल्म हेरेको हो कि राजनीति हेरेको हो जस्तो भइरहेको छ। यो सबै अभिनय हो। हामी अभिनयभन्दा माथि उठ्नुपर्छ। हामी यथार्थ रुपमा देशप्रति, जनताप्रति, आन्दोलनप्रति, उद्देश्यप्रति निष्ठा हुनुपर्दछ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com