ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमुख प्रतिपक्षले जे बोल्यो, रास्वपाको कुरा त्यही बनाउने जालसाजीपूर्ण काम सभामुखबाट भयो : रवि लामिछाने


ABC NEWS

काठमाडौँ २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले प्रतिनिधिसभामा रास्वपाको अस्तित्वमाथि नै प्रश्न उठ्ने गरी आफ्ना कुराहरू समेत राख्न नदिइएको भन्दै आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको विषयमा रास्वपाका आफ्नै अडानहरू रहेको भन्दै सो विषयमा प्रमुख प्रतिपक्षले जे बोल्यो, रास्वपाको कुरा पनि त्यही हो भन्ने भाष्य बनाइएको बताए ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै उनले भने, ‘रास्वपा प्रतिपक्षको भूमिकामा छ । हामी प्रतिपक्षमा हुनुका पनि आफ्ना मुद्दाहरू छन् । रास्वपा अरू कुनै दलको एजेण्डामा होइन, आफ्नै स्वतन्त्र अस्तित्व र मुद्दाहरूमा उभिएको छ । हामीमाथि प्रमुख प्रतिपक्षले जे बोल्यो, रास्वपाको भाष्य त्यही हो भन्ने किसिमको जालसाजीपूर्ण क्रियाकलाप भयो, यसमा हाम्रो आपत्ति छ । म यो कुरा सदनलाई स्मरण गराउन चाहान्छु ।’

उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै त्यसको खुलेर जवाफ दिनुपर्ने बताए । ‘उहाँलाई प्रधानमन्त्री बनाउन रास्वपाको सभापतिको हिसावले मेरो आफ्नै हस्ताक्षर छ, हामी त हाम्रै सार्वभौम संसद्ले उहाँलाई प्रधानमन्त्री बनाएको भनेर सोचिरहेका थियौँ, तर उहाँ आफैँले छिमेकीले प्रधानमन्त्री बनाएको भने जसरी अभिव्यक्ति दिदै हिड्नुभएको छ,’ उनले भने, ‘म प्रधानमन्त्रीलाई आफ्ना भनाइहरूमा सजग गराउन चाहान्छु । उहाँ कहिले के भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ । कहिले बोल्नुहुन्छ, कहिले फिर्ता लिनुहुन्छ । उहाँलाई म आफ्ना भनाइहरूमा सजग हुन आग्रह गर्दछु ।’

उनले तीन दलले मात्रै मिलेर संसद्लाई बन्धक बनाउन खोजिएको बताए । ‘यो संसद्का धेरै कामहरू छन्, सदनमा यति धेरै कामहरू हुदा हुदै तीन दलको मुड चलेन भने संसद् नचल्ने भन्ने कुरा रास्वपा स्वीकार गर्दैन,’ उनले भने, ‘यसलाई तीन दलले बन्धक बनाउन मिल्दैन । हामी पनि प्रतिपक्षमा छौँ, हामी चुप लागेर बस्दैनौँ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com