ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६.८३ प्रतिशतले बढ्यो महँगी, काठमाडौं सबैभन्दा बढी खर्चिलो


ABC NEWS
असार २५, २०८० सोमबार  १२ : २२ बजे

काठमाडौं २५ असार । चालु आर्थिक वर्षमा महँगी ६.८३ प्रतिशतले बढेको छ।

नेपाल राष्ट्र बैंकको ११ महिनाको समीक्षाअनुसार महँगी उक्त दरमा वृद्धि भएको देखिएको हो। यो वृद्धिदर अघिल्लो यही अवधिको तुलनामा कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्रास्फीति (महँगी) ८.५६ प्रतिशत रहेको थियो।

२०८० जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ३५.२९ प्रतिशत छ।रेस्टुरा तथा होटलको १४.३६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.०६ प्रतिशत, दूग्ध पदार्थ तथा अण्डाको १०.९८ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १६.६० प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १५.७५ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको ९.३३ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.४१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ७.८३ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७९ जेठ महिनामा यी क्षेत्रहरुमा क्रमशः ८.३२ प्रतिशत, ८.२९ प्रतिशत, ९.२८ प्रतिशत र ८.९२ प्रतिशत मुद्रास्फीति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

वैदेशिक रोजगारमा रहेका युवाबाट ‘भावनात्मक ब्ल्याकमेल’– एमालेका नेता प्रदीप ज्ञवाली (भिडियोसहित)

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com