काठमाडौं २४ असार । संसदको अवरोध हटाउने र संसद सुचारु अघि बढाउने बारे प्रम निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ।
प्रधानमन्त्री निवासमा बिहान ९ बजेदेखि बैठक बसिरहेको हो।
आज प्रतिनिधि सभाको बैठक बस्दै छ। त्यसअघि सत्ता गठबन्धनमा रहेका सात दल छलफलमा जुटेका हुन्।
आज प्रतिनिधि सभाको बैठकमा सरकारले तीन विधेयक अघि बढाउने तयारी गरेको छ भने तीमध्ये ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गर्ने सम्भावित कार्यसूची छ।
तर प्रमुख प्रतिपक्ष एमालेले भने प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गरिरहेको छ। एमालेले प्रधानमन्त्री प्रचण्डले अलग्गै केपी शर्मा ओलीसंग वार्ता नगरेसम्म संसदको अवरोध नहटाउने सन्देश सभामुख देवराज घिमिरे मार्फत पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्