काठमाडौं २३ असार । समाजवादी मोर्चाको पहिलो बैठक सुरु भएको छ। घोषणा भएको १८ दिनपछि बसेको मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो।
विभिन्न ३ बुँदे सहमति पत्रसहित गत असार ४ गते घोषणा भएको समाजवादी मोर्चा घोषणा गरिसकेपछि यसका शीर्ष नेताहरुबीच पनि छलफल भएको थिएन।
बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ।
समाजवादी मोर्चा बनेपछि प्रधानमन्त्री प्रचण्डको पक्षमा प्रतिनिधिसभामा कम्तीमा ५३ सिट देखिएको छ।
मोर्चाको तर्फबाट प्रतिपक्षीविरुद्धको सम्भावित रणनीति पनि शनिबारको बैठकले बनाउन सक्ने बताइएको छ।
असार ४ मा घोषित मोर्चाका नेताहरुमा नेकमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव रहेका छन्।








प्रतिक्रिया दिनुहोस्