ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आप्रवासी नीतिमा विवाद हुँदा नेदरल्याण्ड सरकार विघटन, नोभेम्वरमा चुनाव


एबीसी न्यूज

 

 

काठमाडौँ २३ असार । सत्तारुढ दलबीच आप्रवासी नीतिमा सहमति नजुट्दा नेदरल्यान्ड्समा सरकार ढलेको छ । सत्तारुढ ४ दलबीच शरणार्थीसम्बन्धी सहमति नजुट्दा प्रधानमन्त्री मार्क रुटले राजीनामा दिएका हुन् । मार्क रुटले करिब डेढ वर्षअघि सरकार गठन गरेका थिए । तर गठबन्धन दलमा आप्रवासी नीतिलाई लिएर मतभेद थियो ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आगामी नोभेम्बरमा चुनाव हुने सम्भावना छ । त्यतिन्जेलसम्मका लागि रुटले नै कामचलाउ सरकारको नेतृत्व गर्नेछन् । उनले राजा विलियम अलेक्जेन्डरलाई शनिबार राजीनामा बुझाउनेसमेत बताएका छन् ।

रुटको पिपल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी ९भीभीडी०ले पार्टीले नेदरल्यान्ड्समा शरण लिनेहरूको संख्या कटौती गर्न चाहन्थ्यो । तर सत्ता गठबन्धनमा रहेका क्रिस्चियन युनियन र डी(६६ पार्टी भने उक्त प्रस्तावमा सहमत भएनन् । पछिल्लो समय नेदरल्यान्ड्समा शरण लिन चाहनेको संख्या बढिरहेको छ । गत वर्ष ४६ हजारभन्दा माथिले नेदरल्यान्ड्समा शरणका लागि आवेदन दिएका थिए । यस वर्ष उक्त संख्या ७० हजारभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।

रुट नेदरल्यान्ड्समा सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्तिसमेत हुन् । उनी सन् २०१० देखि त्यहाँको प्रधानमन्त्री छन् । अहिलेको गठबन्धनको सरकार २०२२ को जनवरीमा मात्र गठन भएको हो । नेदरल्यान्ड्सको संसद् १५० सदस्यीय रहेको छ भने सरकार बनाउन ७६ सांसदको समर्थन चाहिन्छ ।

 

रुटलाई भीभीडीका ३४ सहित ७७ सांसदको समर्थन थियो । गठबन्धनमा रहेका डी(६६ को २४, क्रिस्चियन डेमोक्रेटिक अपिलको १४ र क्रिस्चियन युनियनका ५ सांसद छन् । प्रतिपक्षमा पार्टी फर फ्रिडम९पीभीभी० का १७ सहित ७७ सांसद छन् । नेदरल्यान्ड्समा धेरै दलको प्रतिनिधित्व हुने भएकाले पनि एउटै दलले बहुमत ल्याउने अवस्था भने न्यून रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com