ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आप्रवासी नीतिमा विवाद हुँदा नेदरल्याण्ड सरकार विघटन, नोभेम्वरमा चुनाव


एबीसी न्यूज
असार २३, २०८० शनिबार  ३ : ०२ बजे

 

 

काठमाडौँ २३ असार । सत्तारुढ दलबीच आप्रवासी नीतिमा सहमति नजुट्दा नेदरल्यान्ड्समा सरकार ढलेको छ । सत्तारुढ ४ दलबीच शरणार्थीसम्बन्धी सहमति नजुट्दा प्रधानमन्त्री मार्क रुटले राजीनामा दिएका हुन् । मार्क रुटले करिब डेढ वर्षअघि सरकार गठन गरेका थिए । तर गठबन्धन दलमा आप्रवासी नीतिलाई लिएर मतभेद थियो ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आगामी नोभेम्बरमा चुनाव हुने सम्भावना छ । त्यतिन्जेलसम्मका लागि रुटले नै कामचलाउ सरकारको नेतृत्व गर्नेछन् । उनले राजा विलियम अलेक्जेन्डरलाई शनिबार राजीनामा बुझाउनेसमेत बताएका छन् ।

रुटको पिपल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी ९भीभीडी०ले पार्टीले नेदरल्यान्ड्समा शरण लिनेहरूको संख्या कटौती गर्न चाहन्थ्यो । तर सत्ता गठबन्धनमा रहेका क्रिस्चियन युनियन र डी(६६ पार्टी भने उक्त प्रस्तावमा सहमत भएनन् । पछिल्लो समय नेदरल्यान्ड्समा शरण लिन चाहनेको संख्या बढिरहेको छ । गत वर्ष ४६ हजारभन्दा माथिले नेदरल्यान्ड्समा शरणका लागि आवेदन दिएका थिए । यस वर्ष उक्त संख्या ७० हजारभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।

रुट नेदरल्यान्ड्समा सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्तिसमेत हुन् । उनी सन् २०१० देखि त्यहाँको प्रधानमन्त्री छन् । अहिलेको गठबन्धनको सरकार २०२२ को जनवरीमा मात्र गठन भएको हो । नेदरल्यान्ड्सको संसद् १५० सदस्यीय रहेको छ भने सरकार बनाउन ७६ सांसदको समर्थन चाहिन्छ ।

 

रुटलाई भीभीडीका ३४ सहित ७७ सांसदको समर्थन थियो । गठबन्धनमा रहेका डी(६६ को २४, क्रिस्चियन डेमोक्रेटिक अपिलको १४ र क्रिस्चियन युनियनका ५ सांसद छन् । प्रतिपक्षमा पार्टी फर फ्रिडम९पीभीभी० का १७ सहित ७७ सांसद छन् । नेदरल्यान्ड्समा धेरै दलको प्रतिनिधित्व हुने भएकाले पनि एउटै दलले बहुमत ल्याउने अवस्था भने न्यून रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा रणनीति : काठमाडौंका दुई क्षेत्र र चितवन मात्र ग्रिन जोन, अन्यत्र सबैतिर त्रास, अब के गर्ने ?‘

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

सम्बन्धित

रास्वपा रणनीति : काठमाडौंका दुई क्षेत्र र चितवन मात्र ग्रिन जोन, अन्यत्र सबैतिर त्रास, अब के गर्ने ?‘

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

गण्डकीसहित २ प्रदेशमा आज राति वर्षा र हिमपात हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com