ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा बढ्दो तापमानले गर्दा यौन हिंसामा बृद्धि : अध्ययन


एबीसी न्यूज
असार २३, २०८० शनिबार   ८ : १०   बजे

काठमाडौं २३ असार । नेपाल लगायत दक्षिण एसियाली मुलुकहरुमा जलवायु परिवर्तनसँगै बढ्दो तापमानका कारण महिलामाथिको यौनहिंसामा वृद्धि भएको एक अध्ययनले देखाएको छ ।

नेपाल, भारत तथा पाकिस्तानका महिलाहरुमा गरिएको अध्ययनले बढ्दो तापमानसँगै महिलामाथिको घरेलु तथा यौनजन्य हिंसामा तीव्र रुपमा वृद्धि भैरहेको देखाएको हो ।

अध्ययन अनुसार विश्व उष्णीकरणको असर निजी सम्बन्धमा पनि पर्न थालेको छ र महिलामाथि अन्तरंग पार्टनरबाट हुने हिंसामा बढोत्तरी भैरहेको छ ।

हरेक १ डिग्री सेल्सियस तापक्रम वृद्धिले महिलामाथिको शारीरिक तथा यौन हिंसामा ६.३ प्रतिशतले बढ्ने अध्ययनको निष्कर्ष छ ।

नेपाल, भारत तथा पाकिस्तानका १५ देखि ४९ वर्ष उमेरका एक लाख ९४ हजार महिलामा गरिएको अध्ययनका क्रममा तापक्रम वृद्धिसँगै महिलाहरुमाथि भावनात्मक, शारीरिक तथा यौन हिंसाका घटनामा वृद्धि भैरहेको पाइएको हो ।

सन् २०१० को अक्टोबर १ देखि सन् २०१८ को अपि्रल ३० सम्म संकलित तथ्यांकका आधारमा तयार पारिएको उक्त शोध रिपोर्ट JAMA Psychiatry  मा प्रकाशित भएको छ ।

बेलायत, चीन, पाकिस्तान, अष्ट्रेलिया, जर्मनी र तान्जानियाका वैज्ञानिकहरुको एक समूहले उक्त अध्ययन गरेको हो ।

अध्ययनमा इपिडिमियोलोजी तथा अधिक तापक्रमसँगको तुलनात्मक डाटा विश्लेषणका क्रममा बढ्दो तापक्रमसँगै महिलामाथि अतरंग पार्टनरको हिंसाका घटनामा वृद्धि भएको उल्लेख छ ।

शोधकर्ताका अनुसार वार्षिक १ डिग्री सेल्सियस तापक्रम वृद्धिले इन्टिमेट पार्टनर भाएलेन्स (आईपीभी) को मात्रा ४.९ प्रतिशतले बढ्दछ । यसमा सबैभन्दा धेरै शारीरिक हिंसा रहेका छन् । शारीरिक हिंसा २३ प्रतिशत रहँदा भावनात्मक हिंसाको मात्रा १२.५ र यौन हिंसा ९.५ रहेको पाइयो ।

शोधकर्ताहरुले यो शताब्दीको अन्त्यसम्ममा तापमान वृद्धिका कारण हुने अन्तरंग पार्टनरको हिंसामा २१ प्रतिशतले वृद्धि हुने आँकलन गरेका छन् ।

जलवायु परिवर्तन तथा उष्णीकरणको दरलाई कम गर्न नसकिएमा महिलामाथिको हिंसामा झनै बढोत्तरी हुनेछ । जसबाट सन् २१०० सम्ममा शारीरिक हिंसाका घटनामा २८.३ प्रतिशत, यौन हिंसा २६.१ प्रतिशत र भावनात्मक हिंसा ८.९ प्रतिशत पुग्नेछ ।

नेपाल दोस्रो स्थानमा

अध्ययन अनुसार जलवायु परिवर्तन तथा तापमान वृद्धिसिर्जित महिलामाथिको अन्तरंग पार्टनर हिंसा (आईपीभी) सन् २०९० सम्म बढेर २३.५ प्रतिशत पुग्नेछ । अर्थात् सन् २०९० सम्ममा भारत सर्वाधिक आईपीभी हुने मुलुक बन्नेछ । दोस्रो स्थानमा १४.८ प्रतिशत सहित नेपाल हुनेछ । त्यस्तै पाकिस्तान भने ५.९ प्रतिशत सहित सबैभन्दा कम आईपीभी हुने देश रहनेछ ।

बढ्दो गर्मीले बढाउँदैछ तनाव

तापक्रम वृद्धिका कारण बालीनाली उत्पादनमा कमी आउनुका साथै विभिन्न खालका रोगब्याधीमा समेत वृद्धि भैरहेको छ ।

उत्पादनमा कमी र प्रकोपमा वृद्धिका कारण मानिसहरुको आर्थिक अवस्था समेत कमजोर हुने गर्दछ ।

तापमान वृद्धिका कारण बाहिर काम गर्न जाने दरमा समेत कमी आउने र राम्रोसँग काम गर्न समेत नसकिने अवस्थाका कारण परिवारहरुमा खर्च धान्नका लागि दबाब बढ्दै गएको छ । यसले व्यक्तिहरुमा तनाव बढाएको छ । यस्तोमा घरेलु हिंसामा पनि वृद्धि भैरहेको छ ।

कम आय भएका परिवारहरुमा तथा ग्रामीण इलाकामा सबैभन्दा धेरै घरेलु हिंसाका घटना हुने गरेको पाइएको छ ।

यसअघि स्पेनको म्याड्रिडका वैज्ञानिकहरुले यस विषयमा पहिलोपटक अध्ययन गरेका थिए । उनीहरुले केन्याका महिलामाथि अध्ययन गरे । त्यसक्रममा बढ्दो तापमानसँगै अन्तरंग पार्टनरबाट हुने महिलाको हत्यामा ४० प्रतिशत बढेको पाइएको थियो ।

त्यस्तै दुई मानिसबीच हुने हिंसाको दरमा २.३ प्रतिशतले र समूहबीचको हिंसामा १३.२ प्रतिशतले वृद्धि भएको पाइएको थियो ।

  • एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group