ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१४ बुँदे प्रतिबद्धता घोषणा गर्दै कांग्रेस जिल्ला सभापतिहरुको बैठक सम्पन्न


एबीसी न्यूज

 

 

काठमाडौँ २२ असार । कांग्रेस जिल्ला सभापतिहरुको दुई दिने बैठक सम्पन्न भएको छ । केन्द्रीय कार्यालय सानेपामा बिहीबार र शुक्रबार चलेको बैठकले १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गरेको हो । बैठकमा उपस्थित जिल्ला सभापतिहरुले धारणा राखेका थिए ।

बैठकको समापनको क्रममा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकताअनुसार आगामी केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका कांग्रेसले जनाएको छ ।

 

महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा भएको जिल्ला सभापतिहरूको बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल भएको थियो । बैठक उद्घाटनका क्रममा महामन्त्रीद्वय थापा र शर्मा, युवा तथा खेलकुदमन्त्री एवं कांग्रेस नेता डिगबहादुर लिम्बूलगायतका नेताहरू सहभागी थिए ।

१४ औं महाधिवेशनपछि कांग्रेसले जिल्ला सभापतिहरूसँग संयुक्तरूपमा अलग्गै छलफलको आयोजना गरेको यो नै पहिलो पटक हो । तर भेलामा सभापति शेरबहादुर देउवा सहभागी भएनन् । पार्टीमा सभापति देउवाको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका महामन्त्रीद्वय थापाले यसअघि अब आफूहरूको जिम्मेवारीमा पर्ने काम गर्न सभापतिलाई पर्खिएर नबस्ने अभिव्यक्ति दिएका थिए ।

पार्टीको केन्द्रीय समिति बैठकबाट जिल्ला सभापतिहरूसँग भेला गर्ने निर्णय लिएर भेला आयोजना गर्नुपर्ने पूर्वअभ्यास भए पनि महामन्त्री थापा र शर्माले केन्द्रीय समितिको सम्मुखमै जिल्ला सभापतिहरूको भेला राखेका हुन् । सभापति देउवाले बुधबारमात्रै केन्द्रीय समितिको बैठक २७ असारदेखि बस्ने गरी आह्वान गरेका छन् । निकट नेताहरूका अनुसार बुधबार बिहान बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले जिल्ला सभापतिहरूसँग भेलाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com