ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घोषणा भएको ३ हप्तामा समाजवादी मोर्चाको पहिलो बैठक शानिबार


एबीसी न्यूज
असार २२, २०८० शुक्रबार  ८ : ०४ बजे

 

काठमाडौं २२ असार । नेकपा माओवादी केन्द्र नेतृत्वको चार दलीय समाजवादी मोर्चाको बैठक शानिबार बस्ने भएको छ।

विभिन्न ३ बुँदे सहमति पत्रसहित गत असार ४ गते घोषणा भएको समाजवादी मोर्चाको शनिबारको बैठकले विस्तृत कार्ययोजनाका बारेमा छलफल गर्ने बताइएको छ ।

मोर्चाको पहिलो बैठक माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार अपरान्ह ४ बजे बस्ने भएको हो।

मोर्चा घोषणालगत्तै माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत कम्युनिष्ट एकताको पैरवी गर्दै आएका छन् ।

समाजवादी मोर्चा बनेपछि प्रधानमन्त्री प्रचण्डको पक्षमा प्रतिनिधिसभामा कम्तीमा ५३ सिट देखिएको छ। मोर्चाको तर्फबाट प्रतिपक्षीविरुद्धको सम्भावित रणनीति पनि शनिबारको बैठकले बनाउन सक्ने बताइएको छ।

असार ४ मा घोषित मोर्चाका नेताहरुमा नेकमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव रहेका छन्।

उनीहरु चारैजनाले समाजवादी मोर्चाको घोषणापत्रमा हस्ताक्षर गरेका थिए। मोर्चा घोषणा भए पनि यसलाई अघि बढाउने प्रारुप अहिलेसम्म चार दलले बनाउन नसकेको अवस्थामा बैठक बस्न लागेको हो।
गत सोमबार प्रधानमन्त्रीले एक सिख व्यवसायीको पुस्तक विमोचनमा बोलेको अभिव्यक्तिलाई लिएर नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुबाट प्रचण्ड घेरिएका छन्।

एमालेले उनको राजीनामा नै मागेको छ। यही विवादका कारण शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पनि बस्दै नबसी दुई दिनलाई स्थगित भएको छ।

अर्कातिर राष्ट्रियसभाको बैठक पनि केही बेर बसेपछि एमालेको अवरोधका कारण स्थगित भएको छ।

प्रधानमन्त्री प्रचण्ड प्रतिपक्षीको घेराबन्दीमा परिरहेको सन्दर्भमा नयाँ रणनीति निर्माण तथा समाजवादी मोर्चाको सम्भावित योजनालाई लिएर पहिलो बैठक बस्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

काठमाडौंमा डोजर आतंक कि व्यवस्थापन सुधार ?देवीनगरमा साततले घर भत्कियो—प्रशासन कहाँ थियो यत्रो वर्ष ?

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com