ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मीनबहादुरसहित तीन जनाको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन फेरि ‘हेर्न नमिल्ने’


ABC NEWS
असार २१, २०८० बिहीबार  १२ : २७ बजे

काठमाडौं २१ असार । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा आज पनि सुनुवाइ हुन सकेन । पेसी तोकिएर पनि दोस्रो दिन उक्त रिटमाथि सुनुवाइ हुन नसकेको हो ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएकोमा न्यायाधीश रेग्मी कुनैबेला रिट निवेदकमध्येका एक मिनबहादुरको कानुन व्यवसायी रहेका कारण उनी इजलासमा रहेर उक्त रिट निवेदन सुनुवाइ गर्न नमिल्ने भएको हो ।

उक्त रिट निवेदन मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा परे पनि ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारिएको थियो ।

िगत शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा। कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो । इजलासले निवेदकको माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी गर्नु नपर्ने हो भन्ने सन्दर्भमा मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो ।

रिट निवेदक गौतम मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन शाखा अधिकृत हुन् भने शाह पूर्व निर्वाचन आयुक्त र गुरुङ भाटभटेनी सुपरमार्केटका सञ्चालक हुन् । उनीहरुले हदम्याद कटिसकेको मुद्दामा आफूहरुलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन, सरकारविरुद्ध चर्कियो विरोध

थपियो विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com