ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज चारवटा प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्दै


एबीसी न्यूज
माघ २१, २०७४ आईतबार   ८ : २६   बजे

काठमाडौं, २१ माघ । आज आइतबार प्रदेश नम्बर २, ५, ६ र ७ मा पहिलो प्रदेशसभा बैठक बस्दैछ । बैठकका लागि सबैजसो प्रदेशसभा सांसदहरु हिजो शनिवारनै आ–आफ्नो अस्थायी मुकाममा पुगेका छन् ।

चारवटै प्रदेशमा बस्ने प्रदेशसभा बैठकका मुख्य एजेण्डा तीन वटा रहेका छन् , प्रदेश प्रमुखको पत्र वाचन, अन्तरिम प्रदेशसभा सञ्चालन कार्यविधी पारित र सभामुखको चुनावको मिति तय गर्नु बैठकको मुख्य एजेण्डा रहेको छ ।

प्रदेश सदस्यको मन्तव्य पछि प्रदेशसभा बैठक सञ्चालन सम्बन्धी कार्यविधी २०७४ सभामा पेश हुनेछ । प्रदेशसभा बैठक पछि प्रदेशका सभामुख र उपसभामुख लगायतको विषयमा छलफल हुनेछ ।

यस्तै प्रदेशसभा बैठकका लागि दलहरुले पनि आवश्यक तयारी गरिसकेका छन् । राष्ट्रिय जनता पार्टी राजपा नेपालले २ नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठकमा नेताको जिम्मेवारी बाँडफाँड गरेको छ । २ नम्बर प्रदेशमा मर्यादापालकलाई दौरासुरुवाल लगाउन निषेध गरिएको छ ।

बैठकका लागि २ नम्बर प्रदेशमा रातभर काम गरी हल तयार पारिएको छ । यस्तै ५ प्रदेशको बैठकका लागि बुटवल खयरघारीमा रहेको उद्योग वाणिज्य संघको हल सजाइएको छ भने ७ नम्बरका लागि भाडामा कुर्सी ल्याइएको छ । प्रदेश नम्बर ६ मा पनि जेनतेन सभाहल तयार पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाइँदै

जडीबुटीमा गोली चलाएर प्रहरीले लुटेरालाई समात्यो

सम्बन्धित

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

तीन मौसमी प्रणालीको असरः आजपनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group