काठमाडौं । यतिबेला काठमाडौंको माइतीघर मण्डलामा जाने हो कुनै न कुनै सहकारी पिडितहरुले आन्दोलन गरिरहेका भेटिन्छन् । बचतकर्ताको ठूलो रकम लिएर अपचलन गर्नेदेखि बचतकर्ताको पैसा उठाएर भाग्ने बजारप्रतिनिधि सम्मका पीडित छन् । सहकारी सम्बन्धी समस्या भएकैले सरकारले केही वर्षअघि गौरीबहादुर कार्कीको नेतृत्वमा समस्याग्रस्त सहकारी पहिचान गरी समस्या सामाधान गर्न समिति बनाएको थियो । पहिचान भएर प्रतिवेदन पनि बुझाइयो तर उचित कार्यान्वयन र ठग सहकारीलाई कारबाही भएन । जसको असर अहिले फेरि देखिएको छ ।
बुधबार भने काठमाडाँै महानगरपालिकाभित्रका ६९ वटा सहकारीलाई छानविन गरी कारबाहीका लागि सिफारिस गरेको छ । ६९ वटा सहकारीले बचतकर्ताको १ अर्ब १३ करोड रकम हिनामिना गरेर महानगरपालिकाको सम्पर्कमा नआएपछि छानविनका लागि महानगरीय प्रहरी परिसर टेकुलाई आवश्यक प्रक्रिया चाल्न पत्र काटेको हो । यतिबेला माइतीघर मण्डलामा जाने हो कुनै न कुनै सहकारी पिडितहरुले आन्दोलन गरिरहेका भेटिन्छन् । बचतकर्ताको ठूलो रकम लिएर अपचलन गर्नेदेखि बचतकर्ताको पैसा उठाएर भाग्ने बजारप्रतिनिधि सम्मका पीडित छन् । सहकारी सम्बन्धी समस्या भएकैले सरकारले केही वर्षअघि गौरीबहादुर कार्कीको नेतृत्वमा समस्याग्रस्त सहकारी पहिचान गरी समस्या सामाधान गर्न समिति बनाएको थियो । पहिचान भएर प्रतिवेदन पनि बुझाइयो तर उचित कार्यान्वयन र ठग सहकारीलाई कारबाही भएन । जसको असर अहिले फेरि देखिएको छ । काठमाडौं महानगरपालिका अन्तर्गतका हालसम्म ६९ वटा सहकारीले बचतकर्ताको १ अर्ब १३ करोड रकम हिनामिना गरेर महानगरपालिकाको सम्पर्कमा नआएपछि छानविनका लागि महानगरीय प्रहरी परिसर टेकुलाई आवश्यक प्रक्रिया चाल्न पत्र काटेको छ । महानगरपालिकाका सहकारी विभागका अनुसार २०७२ सालदेखि २०८० साल सम्ममा ६९ वटा सहकारीलाई छानविन गरी कारबाहीका लागि सिफारिस गरिएको हो । काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार ६९ वटा ठगी गरेर भाग्ने सहकारीमा सबैभन्दा बढी उजुरी आरक्ष बचत तथा ऋण सहकारी संस्थाविरुद्ध परेको छ । ५ सय ८८ जनाले उजुरी गरेकोमा ठगी रकम भने २ करोड ५० लाख ७ हजार १ सय ९१ रुपैयाँ रहेको छ । त्यस्तै सबैभन्दा धेरै रकम हिनामिना गर्ने सहकारी भने गृह शान्ति बचत तथा ऋण सहकारी संस्था हो ।
उसले ३९ करोड ११ लाख ४१ हजार ३ सय ४० रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख छ । २०८० सालमा हालसम्म प्रहरीमा ८ वटा सहकारीको प्रहरी अनुसन्धानको लागि सहकारीको विवरण पुगेको छ । क्वीक बचत तथा ऋण सहकारी विरुद्ध १९ जनाले २२ लाख ४५ हजार ६ सय ८२ ठगी भएको भन्दै उजुरी दिएका छन् । त्यस्तै माँ अम्बेको ५७ लाख १४ हजार ७ सय ८७ रूपैयाँ, गरुड बहुउद्धेश्य ३१ लाख ४६ हजार ७ सय ९७ रुपैयाँ, अभिमत बचत तथा ऋण सहकारीको ३ करोड ८९ लाख ६३ हजार ७ सय १५ रुपैयाँ, नेशनल बचत तथा ऋण सहकारीको ६१ लाद २ हजार ३ सय २० रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख छ । त्यस्तै सम्बद्र्धन बचत तथा ऋण सहकारीको ६७ लाख २८ हजार ५ सय ६६ रुपैयाँ र नाता तथा बचत तथा ऋण सहकारीको ५१ लाख ७३ हजार ५२ रुपैैयाँ रहेको छ भने प्रारम्भिक बचत तथा ऋण सहकारी ठगी रकम खुलाइएको छैन । महानगरले २०७९ सालमा १९ वटा सहकारीको अनुसन्धान गर्न प्रहरीमा पठाएको थियो । त्यस्तै यता जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनाली महानगरले सहकारी ठगीको फाइल पठाइरहेको र अनुसन्धान भइरहेको बताउँछन् । शेयर सदस्यले सहकारीमा भइरहेको आर्थिक हिसाबकिताबबारे चासो नराख्दा, सञ्चालकले विनाधितो ऋण लिएर अन्यत्र लगानी गर्दा, नियत नै सहकारी खोलेर ठग्ने हुँदा र आर्थिक मन्दीका कारण सहकारीमा समस्या आएको भनाइ छ । यता सहकारीबाट ठगिएका पीडितहरु एक हुँदै सहकारीमा राखेको वचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै काठमाडौंको माईतीघरमा प्रदर्शनमा छन् । सहकारी वचतकर्ता पीडितहरुले सहकारीहरुले खाएर भागेको वचत फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दा समेतवचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताए । सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिअध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको वचत फिर्ताको लागि राज्यका सबै निकायहरु धाउँदा कतै पनि सुनुवाई नहुँदा संयुक्त रुपमा पीडितहरु सडक आन्दोलनमा आएको बताए । उनले सरकारसँग सहकारी पीडितहरुको माग सहकारीहरुलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरुले बनाउने निजी ऐन बन्द गर्नुपर्ने रहेको बताइन् । उनले वचत गरेको लाखौं रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले न्याय सडक आन्दोलनमार्फत माग्न बाध्य भएको बताइन् । साथै उनले काठमाडौं महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाई कतैबाट पनि नभएको गुनासो गरिन् ।
यता सहकारी संस्थाका सञ्चालक समूहले भने वचतकर्ताबाट संकलित रकम लगानी गरेको हुँदा रकम उठ्न ढिला भएकाले भुक्तानी दिन समस्या परेको बताएको छ । २०१० सालमा सहकारी विभागको स्थापनासँगै नेपालमा सहकारीको शुरुआत भएकोमा २० चैत २०१३ मा मुलुकमा पहिलो सहकारी संस्था स्थापना भएयताको साढे ६ दशकमा यस्ता संस्थाको संख्या ३४ हजार नाघिसकेकोे छ । यी सहकारीहरूमध्ये कतिपयले सदस्य तथा वचतकर्ताको हित गर्दै सफलता पाइरहेका पनि छन् । तर, सहकारीको बुझाइ र अभ्यासमा एकरुपता नभएकाले सहकारीहरु पछिल्लो समय विवादित बनिरहेका छन् ।
सहकारी पनि अरुजस्तै एउटा व्यवसाय हो, जसको स्वामित्व, नियन्त्रण र सञ्चालन यसबाटै सेवा लिने व्यक्ति वा सदस्यको हुन्छ । अन्य व्यवसाय जस्तै सहकारी व्यवसाय गर्न पनि शुरुआती पूँजी लागत व्यहोर्न सक्ने आम्दानी, स्तरीय सेवा दिने सामर्थ्य, नाफाको वितरण, भविष्यको व्यवस्थापनका लागि पूँजीको जोहो, ऋण लिने तथा करार गर्ने हैसियत र सदस्यप्रति दायित्व लिने प्रतिबद्धता चाहिन्छ । यसतर्फ ध्यान दिन नसक्दा पछिल्लो समय सयौं सहकारीहरुले सदस्य एवं बचतकर्ताहरुको भरोसा गुमाउँदै गएका मात्रै छैनन्, उनीहरुमा आर्थिक, मानसिक र सामाजिक रुपमा पनि समस्या निम्त्याएको छ । निश्चित मूल्य–मान्यतामा रहेर सदस्यको हितको लागि सहकारीहरु सञ्चालन हुनुपर्नेमा कतिपयले कमजोर व्यवस्थापन र सहकारी भावना विपरीत गएर विवादित बन्नुका साथै भरोसा गुमाउँदै गएका छन् । यसको नियमन, निरिक्षण र व्यवस्थापनमा सरकारको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्