ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राधिकरणका महानिर्देशकले स्पष्टीकरण नदिएपछि मन्त्री किरातीले प्रधानमन्त्रीसँग गरे छलफल


एबीसी न्यूज
असार २०, २०८० बुधबार  ९ : ३७ बजे

काठमाडौ असार २० । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले स्पष्टीकरण नदिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन्।किरातीले मंगलबार प्रधानमन्त्री प्रचण्डसँग मन्त्रालयले सोधेको स्पष्टीकरण नदिएको र स्वायत्त निकाय हो भन्दै फेसबुकमा टिप्पणी लेखेकोबारे ‘एक्सन’ लिनुपर्ने बताएका थिए।तर, प्रधानमन्त्रीले ‘यसबारे अपराह्न बस्ने मन्त्रिपरिषदमा छलफल गरौँला’ भनेर जवाफ दिएको स्रोतले जवाफ दियो।

किरातीले प्रधानमन्त्री प्रचण्डलाई तालुकवाला निकायले प्रक्रिया पुर्‍याएर सोधेको स्पष्टीकरणको जवाफ नदिने हो भने आफू मूकदर्शक नबन्ने बताएको मन्त्रीनिकट स्रोतले बतायो।छलफल गरेर टुंगोमा पुग्ने प्रधानमन्त्रीले मन्त्रिपरिषदमा त्यसबारे कुरा नउठाएपछि मन्त्री किरातीले मन्त्रालयगत निर्णय गरेर कारबाहीको सिफारिस गर्ने तयारी गरेका छन्।यसबारे उनले परामर्श गरिरहेको स्रोतले बतायो ।

मन्त्रीले सोधेको स्पष्टीकरणको जवाफ नदिनु भनेको अराजकता हो, अब हामी मन्त्रिपरिषद्समक्ष कारबाहीको सिफारिस गर्छौं,’ मन्त्रालय स्रोतले भन्यो।त्यस्तै मन्त्री किरातीले महालेखाको प्रतिवेदनलाई आधार बनाएर महानिर्देशक अधिकारीविरूद्ध कारबाहीका लागि अख्तियारमा फाइल पठाउने तयारी गरेको पनि स्रोतले बतायो।उनका कर्तुतहरू छर्लंगै छन्, त्यसैको जवाफ र सफाइको मौका पनि दिएकै हो, अब आवश्यक छानबिन र जाँचबुझका लागि अख्तियारमा फाइल पठाउँछौं,’ मन्त्रालय स्रोतले भन्यो।पर्यटनमन्त्री किरातीले गत मंगलबार महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए।

मन्त्री किरातीले उक्त स्पष्टीकरणको जवाफ सात दिनभित्र मागेका थिए। लगत्तै महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरूरी वा गोप्य पत्र भनि लेखेर सोध्नु पर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने बताएका थिए। फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिन्न, स्पष्टीकरण सोध्ने पनि नियम, कानुन र तरिका होला नि’, फेसबुकभरि सोधिएको स्पष्टीकरणको मैले कसरी जवाफ दिनुरु’ उनले प्रतिक्रिया दिएका थिए।स्पष्टीकरणको जवाफ नदिने अडान लिएका महानिर्देशक अधिकारीले सोमबार सामाजिक सञ्जालमा नागरिक उड्डयन प्राधिकरण स्वायत्त निकाय रहेको समेत उल्लेख गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लोकतन्त्रको उपेक्षा ः कांग्रेस नेता, किरण, एमाले नेता, शान्ती , नेकपा नेता, कुँवर । भिडियो

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com