ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको सरकार वाम गठबन्धनकै हुनुपर्छ : कमल थापा


एबीसी न्यूज

मकवानपुर, २० माघ ।  उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले कानुनी जटिलताका कारण नयाँ सरकार गठनमा ढिला भएको बताउनुभएको छ । हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

आउँदो दिनमा अहिले रहेको कानुनी जटिलतालाई सबैले फुकाएर नयाँ चुनाब हुने बित्तीकै सरकार गठनको बाटो खोलिनुपर्ने उहाँले बताउनुभयो । राप्रपाका अध्यक्ष समेत रहनुभएका थापाले अबको सरकार  वाम गठबन्धनकै नेतृत्वमा  बन्नुपर्ने बताउनुभयो ।

चुनावमा नागरिकले वाम गठबन्धनको नेतृत्वमा पाँच वर्ष सरकार चलाउनका लागि म्यान्डेट दिएकाले यो म्याण्डेट विपरित सरकार गठन गर्न नहुने उहाँको तर्क छ ।

आउँदो फागुन ११ गते सम्ममा नयाँ सरकार बनिसक्ने उहाँले बताउनुभयो । तीन नम्बर प्रदेशको राजधानी हेटौंडा बनाउन सफल भएकोमा खुसी व्यक्त गर्दै थापाले भन्नुभयो- ‘६ वटा प्रदेशको प्रस्ताव पास भएको तर ३ नम्बरको प्रस्ताव पास नभएको खण्डमा प्रधानमन्त्री शेरबहादुर देउवासँग लामो छलफल गरेर अस्थायी भए पनि राजधानी हेटौंडामा ल्याउन सफल भयौं ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत, नयाँ मौद्रिक नीति (पूर्णपाठ)

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

सम्बन्धित

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com