ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वामपन्थी शक्ति एकजुट हुन आवश्यक : प्रधानमन्त्री दाहाल


एबीसी न्यूज

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आमनेपाली र श्रमिक वर्गको हितका लागि सबै वामपन्थी शक्ति एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ ।
कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४औँ स्मृति दिवसका अवसरमा आज आयोजित नारायणविशाल जोशी स्मृति प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा जोशीको पूर्णकदको प्रतिमा अनावरण कार्यक्रममा उहाँले विगतका कमीकमजोरीको समीक्षा गर्दै फेरि नेकपातिरै फर्कनुपर्ने धारणा राख्नुभयो ।
विश्वको कम्युनिष्ट आन्दोलन एकता, सङ्घर्ष विभाजनबाट गुज्रिँदै अगाडि बढेको उदाहरण दिँदै उहाँले यसअघिको एकताको असफलताबाट पाठ सिकेर कम्युनिष्ट एकता गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।
“एमाले र माओवादी केन्द्रबीचको एकताबाट नेकपा बनेपछि, आमजनतामा ठूलो उत्साह आयो, प्रतिक्रान्ति आतङ्कित भयो, तर दुर्भाग्य त्यो एकतालाई बचाउन सकेनौँ, यसप्रति म कसैलाई दोषारोपण गर्न चाहन्न । त्यतिबेला कहाँनिर हाम्रो विचार, राजनीति, आचरण, चिन्तन, संस्कृति, भावना कहाँनिर त्रुटि भयो, त्यसको गम्भीर समीक्षा गर्दै त्यसबाट शिक्षा लिएर एकताबद्ध भएर जानुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले तत्कालीन समयमा आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छिटोभन्दा छिटो कम्युनिष्टसँग एकता गर्दै देशलाई आर्थिक समृद्धितर्फ, समाजवादतर्फ लैजान सकिन्छ भनेको स्मरण गर्नुभयो । “कम्युनिष्ट एकता गरेपछि झण्डै दुई तिहाइ मत पनि प्राप्त भयो तर हामीले त्यसलाई जोगाउन सकेनौँ”, उहाँले भन्नुभयो ।
उहाँले समाजवादी मोर्चा गठन वामपन्थी एकताको सुरुआत भएको बताउनुभयो । उहाँले माधव नेपाल र आफूबीच फेरि नेकपातिर फर्केर पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्नेमा समझदारी भएको समेत उहाँको भनाइ छ ।
“अहिले म, माधवकुमार नेपाल, विप्लब र उपेन्द्र यादव समेतले समाजवादी मोर्चा बनाएर वामपन्थीलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौँ”, उहाँले भन्नुभयो ।
सो अवसरमा नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक क्रान्तिको काम सम्पन्न भए पनि समाजादको स्थापना गरी जनताको जीवनलाई आमूल परिवर्तन गर्ने जिम्मेवारी बाँकी नै रहेको बताउनुभयो ।
“समाजवादको स्थापना गर्दै जनताको जीवनमा आमूल परिवर्तन ल्याउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्छ”, उहाँले भन्नुभयो, “अहिले त्यो जिम्मेवारी पूरा गर्ने कार्यको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिरहनुभएको छ ।”
नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले देशमा वामपन्थीको ठूलो जनमत हुँदा पनि कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले कम्युनिष्टहरु विभाजित भएर होइन, जुटेर सबै एकैठाउँमा बसेर जानुपर्ने बेला आएको छ ।”
मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा ठूलो बजेट लगानी गरेको बताउँदै प्रतिष्ठानको भवनमा स्वास्थ्य क्लिनिक र आयुर्वेदिक अस्पताल सञ्चालन गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।
प्रतिष्ठानका कोषाध्यक्ष सुशीला सुवेदीले नारायणविलास जोशीको भवन निर्माण र सालिक स्थापनामा स्थानीय निकाय, प्रदेश सरकार एवं विभिन्न निकायबाट बजेटको व्यवस्थापन भएको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष एवं बागमती प्रदेशसभाका कृषि तथा पशुपक्षी विकास्मन्त्री डा राजेन्द्रमान श्रेष्ठले कम्युनिष्ट पार्टीका पाँच संस्थापकमध्येका एक जोशीको योगदानलाई सधैँ जीवत राख्न प्र्रतिष्ठानले आफ्नै भवन निर्माण गर्दै प्रतिमा स्थापना गरेको बताउनुभयो । उहाँको योगदानलाई कम्युनिष्ट पार्टीले बिर्सन नहुनेमा जोड दिँदै कम्युनिष्टलाई एकताबद्ध बनाउन सबै नेतृत्व लाग्नुपर्ने आँैल्याउनुभयो ।
प्रतिष्ठानको भवन निर्माणका लागि प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम ९सांसद कोष०बाट रु ९५ लाख ६४ हजार सात सय ७८, चाँगुनारायण नगरपालिकाबाट २४ लाख १० हजार छ सय ६५, सूर्यविनायक नगरपालिकाबाट रु २२ लाख ६९ हजार एक सय ९४ प्राप्त भएको छ । साथै सार्वजनिक निर्माण कार्यान्वयन कार्यालय गजुरी, धादिङबाट रु ३५ लाख ९६ हजार चार सय, सहरी विकास तथा भवन कार्यालय कुलेश्वर, काठमाडौँबाट रु नौ लाख ८८ हजार एक सय ९८, संस्थाबाट योगदान रु ११ लाख र ऋण दायित्व रु ४५ लाख गरी कूल दुई करोड ४४ लाख २९ हजार दुई सय ३५ खर्च भएको प्रतिष्ठानका सचिव महेन्द्रगोपाल कर्माचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com