ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा समस्याको विषय मैलेभन्दा अगाडि मोदीले उठाएका हुन् : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS

पोखरा १६ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ले नेपाल र भारतबीचको सीमा विवादको विषय आफूलेभन्दा अगाडि भारतीय समकक्षी नरेन्द्र मोदीले उठाएको बताएका छन् ।

पहिलोपटक भएको राष्ट्रिय समन्वय परिषद्को बैठकपछि शनिबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा मोदीले नै सीमा विवादको विषय प्रवेश गराएको बताएका हुन् ।

छिमेकी देशको कार्यकारी प्रमुखले आफूलेभन्दा पहिले नै सीमा विवादको कुरा उठाउनु खुसीको विषय र उपलब्धि रहेको उनको भनाइ छ ।

नक्कली शरणार्थी तथा ललिता निवास प्रकरणविरुद्ध थप तीव्रताका साथ अघि बढ्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरण, ललिता निवास काण्डलगायत भ्रष्टाचारविरुद्धका अनुसन्धान नरोकिने बरु थप तीव्रताका साथ अघि बढ्ने बताएका छन्।

शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्धको अभियानमा सरकार दृढ रहेको बताएका हुन्।

‘भ्रष्टाचार देशको विकराल समस्या हो। नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ’, उनले भने, ‘थप तीव्रताका साथ अघि बढ्छ।’

प्रहरीले आफ्ना तर्फबाट अनुसन्धान गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रहरीलाई सरकारले आवश्यक निर्देशन दिइरहेको बताए।

‘यो प्रक्रिया अगाडि बढिरहेको छ, निरन्तर अगाडि जान्छ’, उनले भने।
उनले अर्थतन्त्र पनि विस्तारै लयमा फर्किएको बताए।

‘अर्थतन्त्र धरासायी नै हुन्छ कि भन्ने थियो। तर, अर्थतन्त्र विस्तारै लयमा फर्किएको छ। यसपटकको भारत भ्रमण ऐतिहासिक भएको छ,’ उनले भने, ‘राष्ट्रको हितमा भारतसँग धेरै महत्त्वपूर्ण समझदारी भएका छन्। भारतीय प्रधानमन्त्रीले आफै सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो। यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्।

यस्तै चीन भ्रमणको पनि तयारी भइरहेको उनले बताएका छन‍्।

‘राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको छु। छिट्टै चीन भ्रमण हुँदैछ, त्यसको तयारी भएको छ। त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ,’ उनले भने।

त्यस्तै बजेट पास होला/नहोला भन्ने विषयमा पनि चिन्ता भएको बताए। आफूले यस पटक भिन्न ढंगबाट काम गरिरहेको पनि उनको दाबी छ। जनताका समस्याहरूलाई सम्बोधन गर्ने गरी काम गरिरहेको बताए।

‘यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौं। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगेका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस छ,’ उनले भने, ‘विदेशमा रहेका लाखौं नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौं, यसको दूरगामी अर्थ छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com