ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटार जग्गा प्रकरण : पूर्वगृहसचिव मलेगो सहित १७८ कर्मचारी सिआइवीको राडारमा


एबीसी न्यूज

 

काठमाडौं १६ असार। ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वगृहसचिव नारायणगोपाल मलेगो पनि प्रहरीको छानबिनमा तानिएका छन् । यससम्बन्धी निर्णय प्रक्रियामा उनको पनि भूमिका देखिएको छ । मलेगोसहित पूर्व र वहालवाला गरी १७८ कर्मचारी सिआइबीको छानबिनमा छन् ।

यो अपराधको प्रकृति संगठित किमिसको छ । त्यसकारण संगठित अपराधतर्फ पनि लैजानुपर्छ भनेर सरकारी वकिलसँग छलफल सुरु गरेका छौँ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बालुवाटारस्थित एक सय ४३ रोपनी सरकारी जग्गा हिनामिनाको फाइल फेरि खोलेर अभियोजनको अन्तिम चरणमा छ । यो प्रकरणमा संलग्नलाई धमाधम बयानमा बोलाउने तयारी छ । जसमा मलेगो पनि सिआइबी अनुसन्धानको घेरामा छन् ।
२९ चैत ०६६ को मन्त्रिपरिषद् निर्णयका आधारमा बालुवाटरस्थित विशिष्ट व्यक्तिको निवास विस्तारबाट थप करिब १४ रोपनी नक्कली मोही खडा गरी व्यक्तिको नाममा लगिएको प्रकरणमा मलेगो मुछिएका हुन् । त्यतिवेला भौतिक योजना तथा निर्माण मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत उनले निर्णय कार्यान्वयनका लागि टिप्पणी उठाएका थिए । सोही आधारमा उनी अनुसन्धानमा तानिएका हुन् ।

निर्णय कार्यान्वयन प्रक्रियामा मलेगोको पनि संलग्नता देखिएको प्रहरी अधिकारीहरू बताउँछन् । पछि सचिव भएपछि उनी गृहसचिव भएका थिए । भूमि व्यवस्था मन्त्रालयको सचिव हुँदा पनि यो प्रकरणमा उनको संलग्नता देखिएको अनुसन्धानमा आबद्ध प्रहरीको भनाइ छ ।
मलेगोसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बयान लिएको थियो । तर, पर्याप्त प्रमाण नभएको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । ‘मिति २०६६र१२र२९ को मन्त्रिपरिषद्‍को निर्णय गरिँदा मानवीय त्रुटि देखिएको, त्रुटि सच्चाउन नेपाल सरकार मै पुनः निर्णय गर्नुपर्ने भनी ऐन–नियम परामर्श शाखाको रायबमोजिम हुन राय प्रस्तुत गरिएको हो । राष्ट्रसेवकको नाताले निर्देशनबमोजिम आफ्नो जिम्मेवारी पूरा गरेको हो,’ अख्तियारको बयानमा उनले भनेका थिए ।
प्राविधिक त्रुटि सच्चाउन माथिल्लो तहमा टिप्पणी पेस गरेको र त्यसपछि मन्त्रिपरिषद्‍मा लाने प्रस्ताव कोबाट कसरी के–के विषयवस्तु राखेर तयार गरियो, त्यसबारे आफूलाई जानकारी नभएको मलेगोको भनाइ छ । त्यसवेला अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात मन्त्रालयका सचिव थिए । सोही निर्णय प्रक्रियामा संलग्नताका आधारमा बस्न्यातलाई आयोगले मुद्दा दायर गरेको थियो भने अहिले प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेको छ ।

सिआइबीले चार अभियुक्तलाई थुनामा राखी ललितानिवास जग्गा हिनामिनामा प्रकरणमा अनुसन्धान अघि बढाएको छ । सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यले यो मुद्दामा धेरै कर्मचारीको संलग्नता रहेको र कसको कस्तो संलग्नता भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको बताइन् । प्रत्यक्ष रूपमा संलग्न कोही पनि नजोगिने उनको भनाइ छ ।
यसअघि अख्तियारले मुद्दा नचलाएका भौतिक योजना मन्त्रालयका तत्कालीन सहसचिव जितबहादुर थापामाथि पनि सिआइबीले अनुसन्धान गरिरहेको छ ।
पूर्ववडाध्यक्ष पनि छानबिनमा
काठमाडौंको तत्कालीन वडा नम्बर ४ का अध्यक्ष रत्नप्रसाद जोशीमाथि पनि सिआइबीले छानबिन थालेको छ । ०६० मा अध्यक्ष रहेका उनी र ०५९ मा वडासचिव रहेका शिवजी भट्टराईलाई सिआइबीले बोलाएको छ । उनीहरूले गलत सिफारिस दिएर छुट जग्गा दर्ताको नाममा सरकारी जग्गा व्यक्तिको नाममा गएको स्रोत बताउँछ ।
दर्ता छुट भएको भन्दै १२ आना दुई पैसा जग्गा सुनीति राणाको नाममा दर्ता गरिएको थियो । बिचौलियाद्वय शोभाकान्त ढकाल र रामकुमार सुवेदीले सो जग्गा वडा र मालपोतका कर्मचारीलाई प्रभावमा पारेर दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com