ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मासिक १५ लाखको कारोबार गर्दै चिज उत्पादन केन्द्र


admin

धुलिखेल, २० माघ ।  काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रले मासिक रु १५ लाखको हाराहारीमा कारोबार गरिरेहका छन् ।

विसं २०२७ मा साविकको भिमखोरी गाविस–१ जुगेपानी पौवामा दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण केन्द्रको आयोजनामा स्थापना भएको उक्त केन्द्रले सो स्थान र आसपासका क्षेत्रबाट दूध संकलन गरिरहेका छन् ।

भिमखोरीको कातारचे, केराबारी, पौवा, सोरे, छिमेकी जिल्ला सिन्धुलीको रामभेडालगायतका ठाउँबाट संकलन भएको दूध विभिन्न सहकारी संस्थाबाट गरी दैनिकरुपमा ७०० देखि ७५० लिटरसम्म जम्मा हुने गरेको केन्द्रका प्रमुख अबोधकुमार झाले बताउनुभयो ।

यहाँ संकलन गरेका दूधबाट चिज, मखन, पनिरलगायतका उत्पादित वस्तु काठमाडौँस्थित केन्द्रीय कार्यालय लौनचौरमा लगेर बिक्री गर्दै आएको झाले बताउनुभयो । “हामीले यहाँ उत्पादन भएका दुग्धजन्य पदार्थ भकुण्डेमा लगेर कटिङ गरिन्छ, त्यसपछि सिधै काठमाडौँको लैनचौरमा लगेर बिक्री हुन्छ,” उहाँले बताउनुभयो ।

जुगेपानीमा रहेको चिज उत्पादन केन्द्रमा दैनिक पनिर ११० देखि १२० किलोग्राम, चिज ७० देखि ८० किलोग्राम र मखन १८ देखि १९ किलोग्रामसम्म उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

“२०२७ सालमा स्थापना भएको सोे केन्द्र २०५० सालदेखि २०६५ सालसम्म १५ वर्ष बन्द भयो, पछि सञ्चालनमा आएदेखि पुनः हामी यही काम गर्दै आएका छौँ,” केन्द्रका कर्मचारी सूर्यबहादुर मगरले भन्नुभयो, “बीचमा बन्द भएको बेलामा हामी त्यतिकै पर्खेर बस्यौँ, अहिले आएर राम्रोसँग सञ्चालन भइरहेको छ ।”

कृषि अनुसन्धान सहकारी संस्था केराबारी, धर्मेश्वर दुग्ध उत्पादन सहकारी संस्था केराबारी, महाभारत कृषि सहकारी संस्था कातारचे र सौभाग्य महिला कृषि सहकारी संस्था पौवालगायतले संकलन गरेको दुध केन्द्रमा आउने गरेको छ ।

भीमखोरीको उच्च पहाडी भूभाग भएका कारण यातायातको साधन नचल्ने भएपछि त्यस भेगमा उत्पादन भएको दूध संकलन गर्नका लागि सहकारी संस्थाले स्थानीय बासिन्दा र खच्चडको प्रयोग गर्ने गरेको कर्मचारी सुरेश सिञ्जालीले बताउनुभयो ।

त्यसैगरी दूध ढुवानी गरेबापत भूगोल हेर ढुवानीकर्तालाई सहकारीमार्फत मासिक ज्याला दिने गरेको छ । स्थानीय बासिन्दा वसुमाया बलले भन्नुभयो “हामीले यही नजिकै कातारचेबाट दूध ढुवानी गर्छौं, त्यसबापत रु दुई हजार ४० पाउँछौँ ।” “यहाँ काम गर्न थालेको तीन वर्ष भयो, यसरी कमाएको पैसाले छोराछोरीलाई पढाउने, घर खर्च चलाउने र अन्य काममा खर्च गर्नका लागि पुग्छ ।”

अर्का लक्ष्मी श्रेष्ठले दूध ढुवानीबाट घर खर्चका साथै अरु खर्चमा ठूलो टेवा पुगेको बताउनुभयो । अहिले केन्द्रमा कार्यालय प्रमुख झासहित पाँच जना कर्मचारी कार्यरत छन् । कुल ११ रोपनी जग्गामा फैलिएको उक्त केन्द्रमा छ वटा भवनसहितको भौतिक संरचना छ । तर बीचमा बन्द हुने र त्यसको उचित संरक्षण नहुँदा त्यो भवन जीर्ण हुँदै गएको छ ।

भौतिक संरचना मर्मत सम्भारका लागि केन्द्रीय कार्यालयमा बजेटको माग भइरहेको तर उपलब्ध हुन नसकेको केन्द्र प्रमुख झाले बताउनुभयो ।

“हामीसँग भौतिक संरचना पर्याप्त छन्, तर त्यसको संरक्षण हुन नसक्दा भौतिक पूर्वाधार जीर्ण बन्दै गएको छ, त्यसका लागि हामीले पहल गरिरहेका छौँ ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com