ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रसेल्स मेलामा नेपालमण्डप मुख्य आकर्षण


admin

काठमाडौँ, २० माघ । गत बिहीबारदेखि बेल्जियमको राजधानी ब्रसेल्समा जारी ‘६०औं ब्रसेल्स हलिडे फेयर’मा नेपालका प्राकृतिक छटायुक्त नेपालमण्डप मुख्य आकर्षणको केन्द्र बनेको छ ।

नेपालका हिमच्छादित टाकुराका मनोरम दृश्य, पर्यटकीय गन्तव्यका प्रमुख स्थलहरुका तस्बिर, वुद्धको विशाल मूर्ति, ब्यानर र प्लाकार्ड, पोष्टरजस्ता पर्यटन प्रवद्र्धनका सामग्रीले सजिएको नेपालमण्डप पाहुनाहरुको आकर्षणको केन्द्र बनेको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।

बेल्जियम–नेपालमैत्री संघसँगको सहकार्यमा नेपाली दूतावासको संयोजनमा नेपालको सांगीतिक समूह ‘द रक एण्ड सिद्धी’को रोमाञ्चक प्रस्तुतीले नेपालमण्डपलाई थप आकर्षक तुल्याएको थियो ।

स्थानीय कलाकारसहितको आजको सांगीतिक एवं प्रस्तुतिमा मेला अवलोकन गर्ने पाहुनाको मुख्य आकर्षण नै नेपालमण्डप बनेको छ । उक्त मण्डपमा नेपालको यात्रा गर्न चाहने युरोपेली नागरिकका लागि यथेष्ट ‘नेपाल यात्रासम्बन्धी विवरण’ नेपालको प्रतिष्ठित पर्यटन व्यवासयी संस्थाले प्रदान गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमण्डपमा नेपालका मौलिक उत्पादन चिया र कफीको बिक्री प्रवद्र्धनका साथै चिया कफीका पारखीले त्यसको स्वाद लिइरहेका छन् । भोलि आइतबार समापन हुने उक्त मेलाको दशौं हजारले अबलोकन गरिसकेका छन् ।

बेल्जियम सरकारका मन्त्रिपरिषद्का सदस्य, ब्रसेल्स महानगरका प्रमुख, बेल्जियम र अन्य युरोपेली मुलुकका विशिष्ट व्यक्तित्व र मेला आयोजक समितिका अध्यक्षलगायतले गत बिहीबार मेला उद्घाटनका क्रममा नेपालमण्डपको अवलोकन गर्नुभएको थियो ।
दूतावासका अनुसार आगन्तुक विशिष्ट पाहुनाहरुलाई नेपाल सरकारका तर्फबाट नेपालीपन झल्काउने ‘मायाको चिनो’ नेपाली राजदूतले प्रदान गर्नुभएको थियो ।

यसैबीच, यही माघ ११ देखि १४ गतेसम्म बेल्जियममा नै आयोजित ‘एन्ट्रेप एक्पो’को ४०औं संस्करणमा नेपालले भाग लिएर ७३ हजारभन्दा बढी आगन्तुकलाई नेपालसम्बन्धी जानकारी प्रदान गर्दै व्यापार र पर्यटनमा प्रवद्र्धनका विविध गतिविधि सञ्चालन गरेको थियो ।

बेल्जियम–नेपालमैत्री संगठन, बेल्जियमस्थित गैरआवासीय नेपाली संघ, बेल्जियम–नेपालमैत्री संघ, नेपालका मित्र, स्वयमसेवकलगायत दुवै मेलामा नेपालको गौरव र गरिमा उजिल्याउन सहयोग गर्ने सबैमा दूतावासले हार्दिक आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाभर ट्रम्प–विरोधी प्रदर्शनहरू

बिल गेट्स र नरेन्द्र मोदीको सम्वन्धमा कुनै आलोचनान्तमक शब्द छैन : न्यूयोर्क टाइम्स

भाइरसले अल्जाइमर रोगलाई कसरी ट्रिगर गर्छ भन्ने नयाँ खोज

स्पेनका पूर्वप्रधानमन्त्री लेख्छन् : ‘ट्रम्पको दृष्टिकोण विश्वस्तरमा अलगाववादी’

भारत, ट्रम्प २ः० बाट लाभान्वित भइरहेको छ

अर्को आणविक युगको लागि तयार होऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com