ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रसेल्स मेलामा नेपालमण्डप मुख्य आकर्षण


admin
माघ २०, २०७४ शनिबार   ३ : ४६   बजे

काठमाडौँ, २० माघ । गत बिहीबारदेखि बेल्जियमको राजधानी ब्रसेल्समा जारी ‘६०औं ब्रसेल्स हलिडे फेयर’मा नेपालका प्राकृतिक छटायुक्त नेपालमण्डप मुख्य आकर्षणको केन्द्र बनेको छ ।

नेपालका हिमच्छादित टाकुराका मनोरम दृश्य, पर्यटकीय गन्तव्यका प्रमुख स्थलहरुका तस्बिर, वुद्धको विशाल मूर्ति, ब्यानर र प्लाकार्ड, पोष्टरजस्ता पर्यटन प्रवद्र्धनका सामग्रीले सजिएको नेपालमण्डप पाहुनाहरुको आकर्षणको केन्द्र बनेको ब्रसेल्सस्थित नेपाली राजदूतावासले जनाएको छ ।

बेल्जियम–नेपालमैत्री संघसँगको सहकार्यमा नेपाली दूतावासको संयोजनमा नेपालको सांगीतिक समूह ‘द रक एण्ड सिद्धी’को रोमाञ्चक प्रस्तुतीले नेपालमण्डपलाई थप आकर्षक तुल्याएको थियो ।

स्थानीय कलाकारसहितको आजको सांगीतिक एवं प्रस्तुतिमा मेला अवलोकन गर्ने पाहुनाको मुख्य आकर्षण नै नेपालमण्डप बनेको छ । उक्त मण्डपमा नेपालको यात्रा गर्न चाहने युरोपेली नागरिकका लागि यथेष्ट ‘नेपाल यात्रासम्बन्धी विवरण’ नेपालको प्रतिष्ठित पर्यटन व्यवासयी संस्थाले प्रदान गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमण्डपमा नेपालका मौलिक उत्पादन चिया र कफीको बिक्री प्रवद्र्धनका साथै चिया कफीका पारखीले त्यसको स्वाद लिइरहेका छन् । भोलि आइतबार समापन हुने उक्त मेलाको दशौं हजारले अबलोकन गरिसकेका छन् ।

बेल्जियम सरकारका मन्त्रिपरिषद्का सदस्य, ब्रसेल्स महानगरका प्रमुख, बेल्जियम र अन्य युरोपेली मुलुकका विशिष्ट व्यक्तित्व र मेला आयोजक समितिका अध्यक्षलगायतले गत बिहीबार मेला उद्घाटनका क्रममा नेपालमण्डपको अवलोकन गर्नुभएको थियो ।
दूतावासका अनुसार आगन्तुक विशिष्ट पाहुनाहरुलाई नेपाल सरकारका तर्फबाट नेपालीपन झल्काउने ‘मायाको चिनो’ नेपाली राजदूतले प्रदान गर्नुभएको थियो ।

यसैबीच, यही माघ ११ देखि १४ गतेसम्म बेल्जियममा नै आयोजित ‘एन्ट्रेप एक्पो’को ४०औं संस्करणमा नेपालले भाग लिएर ७३ हजारभन्दा बढी आगन्तुकलाई नेपालसम्बन्धी जानकारी प्रदान गर्दै व्यापार र पर्यटनमा प्रवद्र्धनका विविध गतिविधि सञ्चालन गरेको थियो ।

बेल्जियम–नेपालमैत्री संगठन, बेल्जियमस्थित गैरआवासीय नेपाली संघ, बेल्जियम–नेपालमैत्री संघ, नेपालका मित्र, स्वयमसेवकलगायत दुवै मेलामा नेपालको गौरव र गरिमा उजिल्याउन सहयोग गर्ने सबैमा दूतावासले हार्दिक आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह

भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

सेयर बजारमा सोमबारको ‘ब्ल्याक डे’: नेप्से २० अंकले प्रत्युत्पादक, डेढ अर्बले रित्तियो कारोबारको थैली

सुनको मूल्यमा दैनिक उतारचढाव : विश्व अर्थतन्त्रको खेल

राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group