ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘पुटिन कमजोर हुनु थप खतरा’


एबीसी न्यूज

ब्रसेल्स  असार १४ । युरोपेली सङ्घ (ईयू)का शीर्ष कूटनीतिज्ञले वाग्नरको विद्रोहले दशकौँयताकै सबैभन्दा ठूलो राजनीतिक सङ्कट निम्त्याएपछि कमजोर बनेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘भयानक खतरा’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

“पुटिन कमजोर हुनुले थप खतरा निम्त्याएको छ । त्यसैले हामीले यसको परिणामबारे धेरै सजग हुनुपर्छ,” ब्रसेल्समा ईयू नेताहरूको भेलाअघि जोसेप बोरेलले भने, “अहिलेसम्म हामी रूसलाई खतराको रूपमा हेरिरहेका थियौँ । किनभने, यो धेरै बलियो थियो र युक्रेनमा बल प्रयोग गरिएको छ । अब हामीले आन्तरिक अस्थिरताका कारण रूसलाई जोखिमका रूपमा हेर्नुपर्छ ।”

सन् १९९९ मा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको नेतृत्व गरेपछि पुटिनले सन् १९९९ मा सत्तामा आएयताको सबैभन्दा ठूलो चुनौतीको सामना गर्नुपरेको थियो ।

यसैबीच, ईयू प्रमुख उर्सुला भोन डेर लेयेनल भनिन्, “विद्रोहले ‘परकम्पन’ निम्त्याउने बताउँदै ’युक्रेनको सैन्य क्षमता होस् वा आर्थिक सहयोग, हामीले युक्रेनको लागि समर्थन दोब्बर पार्नु महत्वपूर्ण छ।”

नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार ईयूका नेताहरूसँग मध्याह्न भोजन गर्ने क्रममा वाग्नरको कार्यले रूसको ‘राजनीतिक सङ्कट र विभाजन’ उजागर भएको बताए । तर उनले कुनै पनि अन्तिम निष्कर्षमा पुग्न हतार हुने चेतावनी दिएका छन् ।

स्टोलटेनबर्गले आगामी महिना भिल्नियसमा हुने नेटोको बैठकमा युक्रेनलाई सैन्य सहयोग गर्ने नयाँ घोषणा हुने अपेक्षा गरेको बताए ।

लिथुवानियाका राष्ट्रपति गीतानास वाउसेदाले रूसी खतराको सामना गर्न ‘निर्णायक’ कदम चाल्न आह्वान गर्दै बोरेलको भावनालाई प्रतिध्वनित गरेका थिए ।

वाउसेदाले भने, “रुसको राजनीतिक प्रणालीमा हुने कुनै पनि गतिविधिले हाम्रो सुरक्षामा असर पार्छ भन्ने कुरामा हामी सचेत हुनुपर्छ । तर शक्तिशाली पुटिन कमजोर पुटिनभन्दा कम खतरनाक थिए भन्ने भनाइप्रति मेरो सहमति छैन ।” रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अमेरिकाको इरानसँगको युद्ध र सम्भावित खतरा

सम्बन्धित

प्रकाशमानलाई कान्छारामको चेतावनी : १५औं महाधिवेशनमा हिसाब-किताब हुन्छ

भक्तपुर नगरपालिकाको बजेट दुई अर्ब ४७ करोड

कांग्रेसको महाधिवेशन २०८३ मंसिरभित्र हुनुपर्छ- कोइराला

जनमतकी सांसद सुमना शर्माविरुद्ध पक्राउ पुर्जी

अहिलेका अर्थमन्त्री र सहरी विकासमन्त्री फेरि संसद्‌मा नआऊन् भन्दै कांग्रेस सांसदले गरे रोस्ट्रममै प्रार्थना

अमेरिकाको इरानसँगको युद्ध र सम्भावित खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com