ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योगदानको के मतलव भन्नेहरु हाबी हुन थाले : अध्यक्ष ओली


एबीसी न्यूज

 

काठमाडौं १४ असार । नेकपा एमालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचारबिनाका पार्टीहरुको लहर चलेको बताएका छन्।

बिहीबार मदन भण्डारीको ७२औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक दल विचार विना स्वार्थमा चल्नु देशकै लागि घातक रहेको बताएका हुन् ।

ओलीले राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भएपनि अहिले विचार् नचाहिने पार्टीहरुको लहर चलेको बताएका हुन्।

‘राजनीतिक पार्टीहरु समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन्। अहिले एउटा लहर चलेको छ,’ ओलीले भने, ‘विचार नचाहिने, बिना विचार विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ।’

विचारबिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरुको लहर चलेको पनि उनले टिप्पणी गरे। राजनीतिक दल र नेताहरुले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको बताए। उनले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको बताए।

‘योगदान सम्झिनु जरुरी छैन, योगदान बिर्सिए हुन्छ, योगदानको के मतलव छ र ? कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने, कसलाई फुर्सद छ आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने ?’, ओलीले भने, ‘महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने ? भन्ने खालका विचाहरु पनि आज सुनिन्छन् तर हामी बिना इतिहास समाज यहाँ आएको छैन। धेरै उत्तारचढावबाट यो समाज यहाँसम्म आइपुगेको हो। आज पनि समाज अनेकप्रकारका रस्साकस्सीकाबीचबाट अघि बढेको छ। यस रस्साकस्सीको बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा जानपर्ने छ।’

अध्यक्ष ओलीले मौलिकता बिनाको आन्दोलनहरु सफल हुन नसक्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

रोष्ट्रमबाटै प्रभु साहले गरे सभामुखसँग सवालजवाफ

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्- परराष्ट्र मन्त्रालय

काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com