काठमाडौ असार १४ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका छन ।
आज काठमाडौंमा आयोजित मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा बोल्दै उनाले यस्तो बताएका हुन। उनले आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको बताए।
उनले गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद् कुरा भएको बताए । उनले सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्सहन गर्ने सरकारको काम खेदजनक रहेको बताउनुभयो ।
उनले कथित विद्यार्थीले आफ्नो तिरको होइन कुट्न पाउनुपर्छ भन्ने संस्कृतिको विकास गर्न सरकार उद्धत भएको बताए।
अध्यक्ष ओलीले प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताए ।








प्रतिक्रिया दिनुहोस्