ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्ली धौलाकुआँ सामुहिक बलात्कार कान्ड : जन्मकैदको फैसलालाई सदर


admin
माघ २०, २०७४ शनिबार  २ : १९ बजे

नँया दिल्ली, २० माघ । दिल्लीको उच्च न्यायालयले सन् २०१० मा भएको धौलाकुआँ सामुहिक बलात्कार कान्डका सबै आरोपीलाई भएको जन्मकैदको फैसलालाई सदर गरेको छ।

यसअघि सन् २०१४ को अक्टोबरमा दिल्लीस्थित द्वारका अदालतले सबै ५ आरोपिलाई जन्मकैदको फैसला सुनाएको थियो। तल्लो अदालतले उनीहरुलाई जनही ५०र५० हजारको जारिवाना समेत तोकेको थियो।

न्यायाधिस विपिन सांघी र पिएस तेजीको संयुक्त इजलासले आरोपिहरुको पुनरावेदनलाई खारेज गर्दै घटनामा पीडितको मात्रै बयान पनि पर्याप्त रहेको ठहर गरेको छ। द्वारका अदालतमा सुनावाईको क्रममा पीडितको तर्फबाट घटनास्थलमा उनीसँगै रहेका साथी र निकटस्थहरुको समेत बयान लिइएको थियो।

उच्च अदालतमा बयानका क्रममा घटनाका आरोपीहरुले आफ्नो तर्फबाट कुनै पनि ठोस आधार प्रस्तुत गर्न सकेनन्।

सो घटना सन् २०१० को नोभेम्बर २३–२४ मा भएको थियो। दक्षिण दिल्लीको मोती बागस्थित शर्मा अटोमोबाइल्स नजिकबाट पीडितलाई ५ जनाले अपहरण गरेर पिक अप भ्यानभित्रै सामुहिक बलात्कार गरेका थिए।

घटनामा संलग्न उस्मान उर्फ ‘काले’, शमशाद उर्फ ‘खुटकन’, शाहिद उर्फ ‘छोटा बिल्ली’, इकबाल उर्फ ‘बडा बिल्ली’ र कमरुद्दिन उर्फ ‘मोबाइल’ले द्वारका अदालतको जन्मकैदको फैसलामाथि दिल्ली उच्च न्यायालयमा पुनरावेदन दिएका थिए। अदालतले जन्मकैदको सजाय कम गर्न गरिएको अपिल समेत खारेज गरेको छ।

धौलाकुआँमा पूर्वोत्तर मिजोरमकी ३० वर्षिय युवतीको ५ जना मिली सामुहिक बलात्कार गरेका थिए। पीडित एक बिपिओ कम्पनीमा काम गर्थिन्। उनको अपहरण गर्ने क्रममा उनका साथी पनि साथमा थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com