ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हाई प्रोफाइल’ लाई जेल पठाउने प्रक्रिया रोकिंदैन : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज

 

काठमाडौं १३ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारमा संलग्न जुनसुकै व्यक्तिलाई पनि कानूनको कठघरामा ल्याउने प्रक्रिया नरोकिने बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री दाहालले ‘हाई प्रोफाइल’ लाई कारबाही हुँदैन भन्ने मनोविज्ञान चिर्न सरकारले काम गरिरहेको बताए। “जनतामा ‘हाई प्रोफाइल’ लाई केही हुँदैन भन्ने मनोविज्ञान बनिरहेको छ। यसले जनतामा आक्रोश जगाइरहेको थियो,” प्रधानमन्त्री दाहालले भने, “यसलाई चिर्न सरकारले काम गरिरहेको छ, नक्कली भूटानी शरणार्थी प्रकरण यसको उदाहरण हो।”
उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफल अनुसन्धान भएको जिकिर गरे। “नक्कली भूटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान भएको छ, ‘हाई प्रोफाइल’ जेल गएका छन्,” प्रधानमन्त्री दाहालले भने, “यो प्रक्रिया यतिमै रोकिनेछैन। निरन्तर अगाडि बढ्नेछ।”
यसैको अर्को प्रयासका रूपमा ललित निवास काण्डमा अभियुक्तहरू पक्राउ पर्न थालेको उनको भनाइ थियो। “ललिता निवास काण्डका अभियुक्त पक्राउ पर्न थालेका छन्,” प्रधानमन्त्री दाहालले भने, “मिटरब्याजीलाई पक्राउ गर्ने र मुद्दा चलाउने प्रक्रिया शुरू भएको छ।”
सुशासनका लागि सरकारले अघि बढाएका काम नरोकिने उनको भनाइ थियो। “कुनै पनि मूल्यमा विकृति विरुद्धको लडाइँ अगाडि बढाइनेछ,” प्रधानमन्त्री दाहालले भने, “लोकतन्त्रसँग आफ्ना कमजोरी सच्याउने तागत रहन्छ भन्ने पुष्टि गरिनेछ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

सम्बन्धित

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

प्रधानमन्त्री ओलीसँग देउवाले गरे एक घण्टा छलफल

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा मुछिएका तत्कालीन महासचिव श्रेष्ठ ५ लाख धरौटीमा रिहा

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

देउवासँग एक घण्टा छलफल गरेर ओली मन्त्रिपरिषद् बैठकमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com