ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिपदमा परेकाको समयमै उद्धार गर्न सांसदको माग


एबीसी न्यूज

काठमाडौ असार १३ । सांसदहरुले मनसुनी विपद्जन्य घटना, वैदेशिक रोजगारीमा जाने नेपालीको विपद्, ललिता निवास जग्गा प्रकरणलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा बोल्दै सांसद योगेशकुमार भट्टराईले पूर्वी पहाडका जिल्लामा भएको विपद्जन्य घटनाका पीडितलाई राहत उपलब्ध गराउन र अवरुद्ध सडक पुनः सञ्चालन गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार गत जेठ ३२ गतेको अविरल वर्षाले पूर्वी पहाडका जिल्लामा भएको विपद्जन्य घटनामा सङ्खुवासभामा २४, ताप्लेजुङमा ६ र पाँचथरमा ६ जनाको मृत्यु भएको छ ।

उनले भने, “घटनालगत्तै प्रधानमन्त्रीले स्थलगत निरीक्षण पनि गरे । सम्बन्धित मन्त्री र सम्बन्धित निकायको पनि ध्यानाकार्षण भएको अवस्थामा अहिले पनि प्रभावकारी काम हुन सकेन । आवश्यक जनशक्तिको व्यवस्थापन गरी तत्काल काम अघि बढाउन सरकारसमक्ष माग गर्दछु । ”
उनले ताप्लेजुङ जोड्ने मुख्य तीन राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको, मेची राजमार्ग सञ्चालन हुन नसकेको बताए। उनले पाँचथरको हेवा खोलामा बेबिब्रिज बनिनसकेकाले ताप्लेजुङको सम्बन्ध सम्पूर्ण रुपले विच्छेद भएको सदनलाई जानकारी गराउँदै तत्काल प्रभावकारी काम गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराए।

सांसद प्रदीप पौडेलले विदेशमा रहेका नेपालीलाई आइपर्ने विपद्मा सरकारले सहजीकरणको व्यवस्था मिलाउन आग्रह गरे । उनले हालै मलेसियामा रोजगारीका क्रममा भएको यामलाल परियारको मृत्यु भएको र उनको शव नेपाल ल्याउन परिवारले सबैतिर याचना गरिरहेको जनाउँदै यस्तो संवेदनशील विषयमा सरकारले पहल गर्नुपर्ने बताए ।

उनले विदेशमा रहेका नेपालीलाई विपद् पर्दा सरकारले सहजीकरण गर्ने गरी प्रणालीको विकास गर्न जरुरी रहेको, नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई विमानस्थलदेखि नै ट्र्याकिङ गर्ने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयफमार्फत सम्बन्धित मुलुकमा सहायता कक्ष स्थापना गरेर विपद्मा परेका नेपालीको उद्धारका लागि सहजीकरण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गरे ।

सांसद भीम आचार्यले सरल ढङ्गले विदेश जाने विद्यार्थी र रोजगारीमा जानेका लागि सरल ढङ्गले राहदातिको व्यवस्था मिलाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। उनले विदेशमा बस्ने नेपालको बालबालिकाले राहदानी पाउन नसकेको, एसिया प्यासिफिक, मध्यपूर्व र युरोप लगायतका मुलुकमा यस्तो बाध्यता रहेकाले सहजीकरणको वातावरण सिर्जना गर्न सराकारसमक्ष माग गरे।सांसद प्रेम सुवालले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका दोषीलाई पक्राउ गरी कानुनी कारबाही गरिनुपर्ने माग गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com