ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकमा निर्णायक होइन, सबैलाई मध्यस्त गर्ने अभिभावकको खाँचो छ (भिडियो) ः लोकेन्द्र बहादुर चन्द


ABC NEWS

काठमाडौं, १२ असार ।

पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द मुलुकमा चार पटक प्रधानमन्त्री हुनुभयो । उहाँ विसं. २०४०, २०४६, २०५३ र २०५८ मा प्रधानमन्त्री भइ देशको नेतृत्व सम्हाल्नुभयो । त्यसो त, उहाँ साहित्यकारको रुपमा पनि परिचित हुनुहुन्छ भने कानुनको क्षेत्रमा वकालत गरेको अनुभव पनि उहाँसँग छ ।

बाल्यकाल ः
पूर्व प्रधानमन्त्री एवम् राजनीतिज्ञ लोकेन्द्र बहादुर चन्द भन्नुहुन्छ, ‘बाल्यकालमा हामी बुवासँग बोल्नै सक्दैनथियौं । मुआ र ज्युज्यु मुआलाई भने कति धेरै सताएँ ।’ बुवा महावीर चन्द र आमा लक्ष्मीदेवीको सन्तानका रुपमा विसं. १९९६ फागुन ३ गते बैतडीको कुरकुटियामा उहाँको जन्म भयो । आफू उमेरसँगैका कमै मात्र साथीभाइ हुनुहुन्छ, धेरैले त यो संसार छाडिसके पनि । बाल्यकाल सम्झदै उहाँले आफ्नी आमालाई कहिले के चीज ल्याइदिनू भनेर त, कहिले खाना नखाएर सताएको कुराले आजभोलि दुख लाग्ने गरेको बताउनुभयो ।

त्यो समय विद्यालय थिएन । कक्षा ६ सम्म घरैमा ठूलो वर्णमाला, तमसुक र भरपाईको व्यहोरा पढ्नुभयो । त्यसपछि बोर्डर पारि २० किलोमिटर टाढा पिथौरागढमा मेट्रिक तहसम्म्को विद्यालय शिक्षा हासिल गर्नुभयो । त्रिचन्द्र कलेजमा आइए गरेपनि बैतडीबाट आउन जान झण्डै सात दिन लाग्ने । त्यसैले बोर्डर पारी नैनताल डीएसबी गभर्नमेन्ट कलेजबाट बीए र देहरादुनको डीएबी कलेजबाट एलएलबी तहको शिक्षा हासिल गर्नुभयो ।

साहित्य हुँदै राजनीतिक यात्रा ः
उहाँ कानुन, साहित्य, सामाजिक सेवा हुँदै राजनीतिक जीवनको यात्रामा प्रवेश गर्नुभएको हो । यी सबै कुराको मूलतः एउटै उद्देश्य रहेको उहाँको धारणा छ । ‘कानुन जनतासँग जोडिने कुुरा हो । साहित्य र राजनीतिमा मेल हुँदैन भन्छन् तर मेरो भनाइ के छ भने, दुइटै कुरामा फरक छैन ।’ वाहीवाही पाउनभन्दा असली साहित्यले अध्ययन गरेर नपुगेको कुरा औंल्याउनसक्नुपर्ने उहाँले बताउनुभयो । समाजका कमीकमजोरी, कुरिती मेटाउने, भोलिको बाटो देखाउने र राम्रो परिपार्टीको विकास गर्ने उद्देश्य साहित्य र राजनीतिको भएको उहाँको भनाइ छ । उहाँको ‘विर्सजन’ कथासंग्रहले २०५४ मा मदन पुरस्कार प्राप्त गर्न सफल भयो ।

उहाँ २०२५ सालतिर जिल्ला सभापति, अञ्चल सभापति राष्ट्रिय पञ्चायत सदस्य हुनुभयो । त्यतिबेला राजनीतिमा आइहाल्ने विचार नभएको तर, साथीहरुको आग्रहमा कानुनी वकालतको कार्यलाई सँगसँगै लाने सोचका साथ सामाजिक तथा राजनीतिक क्षेत्रमा लागेको उहाँको भनाइ छ । बुढौलीसँगै भक्तपुरको लोकन्थली परिसरमै आजभोलि उहाँको दैनिकी बित्छ । स्वास्थ्य समस्याका कारण कतै जान, हिड्डुल गर्न सक्नुहुन्नँ । राज्यले भिआईपी व्यक्तित्वको स्वास्थ्यउपचारका लागि अनुदान दिने विषय आफूलाई थाहा नभएको उहाँले सुनाउनुभयो । ‘कचौरामा भीक मागेजस्तो होइन, सम्मानपूर्वक हुनुपर्छ । नियम बनाएर क्याबिनेटबाट पास गरेर रकम छुट्याइनुपर्छ ।’ त्यसै हातमा ५०, ६० लाख फालिदिने कुराको पक्षमा आफू नभएको उहाँले बताउनुभयो ।

उहाँ आफू सरकारको नेतृत्वमा हुँदा सरकारी रकम खर्च गर्न लोभ लाग्ने गरेको बताउनुहुन्छ । त्यो समय विभिन्न विकासको कामसँगै बझाङ, अछाम, बैतडी लगायतका क्षेत्रमा एयरपोर्ट राखिएको स्मरण गर्नुभयो । जडीबुटीले नेपालको विकास हुने उहाँको विचार रहेछ । फलस्वरुप, सुदूरपश्चिम र पूर्वको पाँचथरमा जडीबुटी केन्द्र स्थापना भएपनि त्यो कार्यक्रम बन्द भएको उहाँले बताउनुभयो । जो सबैभन्दा पछाडि छ, उसलाई सबैभन्दा पहिले उठाउने सिद्धान्त अनुरुप हरेक वर्षमा वडास्तरको कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । वडाको सबैभन्दा गरिबलाई प्रमाणपत्र उपलब्ध गराउने र त्यसको आधारमा निशुल्क शिक्षा, स्वास्थ्य र बैंकबाट कम ब्याजदरमा ऋण उपलब्ध गराउने योजना त्यो बेला रहेको उहाँले सुनाउनुभयो ।

राप्रपाको स्वघोषित अध्यक्ष हुँदा ः
उहाँ भन्नुहुन्छ, ‘जन्मथलोको माया सबैलाई हुन्छ । त्यही माया राष्ट्रप्रतिको मायामा परिनत हुन्छ नि । जसले जन्मथलोलाई माया गर्न सक्दैन, देशलाई पनि माया गर्न सक्दैन । समकालीन नेतालाई सम्झने प्रसंगमा उहाँले मनमा जे आयो त्यो बोलिहाल्ने विश्वबन्धु थापा, सीपी मैनाली लगायतका नेतालाई उहाँले स्मरण पनि गर्नुभयो ।

२०७० मा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सुर्यबहादुर थापा अध्यक्षमा विवाद हुँदा आलोपालो सहमति तोडिएको भन्दै उहाँले राप्रपा अध्यक्षको स्वघोषणा गरेको विषय निकै चर्चामा आयो । तत्कालीन समयमा राजा विरेन्द्रसँग पछि दुख पाएर आएका नेताले राम्रो गरेनन् भन्ने गुनासो राख्दा राजाले यसका लागि निष्पक्ष संवैधानिक निकायको प्रणाली आवश्यक रहेको ठहराउने गरेको उहाँले सुनाउनुभयो ।

देशलाई अभिभावकको खाँचो छ ः

उहाँलाई लागेको छ, मुलुकलाई एउटा अभिभावकको जरुरी छ । यस्तो अभिभावक जसकाृ उद्देश्य संविधान संशोधन गर्ने वा कुनै निर्णय गर्ने मात्र होइन, मुलुकलाई संकट परेका बेला सबैलाई मध्यस्त गर्नसक्ने अभिभावक । राजा विरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने विषय पनि बहुदल आएपछि नउठेकाले यसमा आशावादी हुने ठाउँ नरहेको भनाइ राख्नुभयो । अहिलेका सबै दलका नेताहरुसँग राम्रो सम्बन्ध राख्न खोजे पनि राजनीतिमा कसैसँग राम्रो हुने कुरा असम्भव रहेको अनुभव हामीलाई सुनाउनुभयो । उहाँले सबैभन्दा पहिला देशका नेताहरु ठीक भए कुनै पनि विदेशी हस्तक्षेप हुन नसक्ने बताउनुभयो ।

फोटो÷भिडियो ः ध्रुव अधिकारी

(एबीसी टेलिभिजनको कार्यक्रम आत्मवृत्तान्तका लागि गरिएको संवादमा आधारित)

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com