ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकमा निर्णायक होइन, सबैलाई मध्यस्त गर्ने अभिभावकको खाँचो छ (भिडियो) ः लोकेन्द्र बहादुर चन्द


ABC NEWS
असार १३, २०८० बुधबार  १२ : ५४ बजे

काठमाडौं, १२ असार ।

पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द मुलुकमा चार पटक प्रधानमन्त्री हुनुभयो । उहाँ विसं. २०४०, २०४६, २०५३ र २०५८ मा प्रधानमन्त्री भइ देशको नेतृत्व सम्हाल्नुभयो । त्यसो त, उहाँ साहित्यकारको रुपमा पनि परिचित हुनुहुन्छ भने कानुनको क्षेत्रमा वकालत गरेको अनुभव पनि उहाँसँग छ ।

बाल्यकाल ः
पूर्व प्रधानमन्त्री एवम् राजनीतिज्ञ लोकेन्द्र बहादुर चन्द भन्नुहुन्छ, ‘बाल्यकालमा हामी बुवासँग बोल्नै सक्दैनथियौं । मुआ र ज्युज्यु मुआलाई भने कति धेरै सताएँ ।’ बुवा महावीर चन्द र आमा लक्ष्मीदेवीको सन्तानका रुपमा विसं. १९९६ फागुन ३ गते बैतडीको कुरकुटियामा उहाँको जन्म भयो । आफू उमेरसँगैका कमै मात्र साथीभाइ हुनुहुन्छ, धेरैले त यो संसार छाडिसके पनि । बाल्यकाल सम्झदै उहाँले आफ्नी आमालाई कहिले के चीज ल्याइदिनू भनेर त, कहिले खाना नखाएर सताएको कुराले आजभोलि दुख लाग्ने गरेको बताउनुभयो ।

त्यो समय विद्यालय थिएन । कक्षा ६ सम्म घरैमा ठूलो वर्णमाला, तमसुक र भरपाईको व्यहोरा पढ्नुभयो । त्यसपछि बोर्डर पारि २० किलोमिटर टाढा पिथौरागढमा मेट्रिक तहसम्म्को विद्यालय शिक्षा हासिल गर्नुभयो । त्रिचन्द्र कलेजमा आइए गरेपनि बैतडीबाट आउन जान झण्डै सात दिन लाग्ने । त्यसैले बोर्डर पारी नैनताल डीएसबी गभर्नमेन्ट कलेजबाट बीए र देहरादुनको डीएबी कलेजबाट एलएलबी तहको शिक्षा हासिल गर्नुभयो ।

साहित्य हुँदै राजनीतिक यात्रा ः
उहाँ कानुन, साहित्य, सामाजिक सेवा हुँदै राजनीतिक जीवनको यात्रामा प्रवेश गर्नुभएको हो । यी सबै कुराको मूलतः एउटै उद्देश्य रहेको उहाँको धारणा छ । ‘कानुन जनतासँग जोडिने कुुरा हो । साहित्य र राजनीतिमा मेल हुँदैन भन्छन् तर मेरो भनाइ के छ भने, दुइटै कुरामा फरक छैन ।’ वाहीवाही पाउनभन्दा असली साहित्यले अध्ययन गरेर नपुगेको कुरा औंल्याउनसक्नुपर्ने उहाँले बताउनुभयो । समाजका कमीकमजोरी, कुरिती मेटाउने, भोलिको बाटो देखाउने र राम्रो परिपार्टीको विकास गर्ने उद्देश्य साहित्य र राजनीतिको भएको उहाँको भनाइ छ । उहाँको ‘विर्सजन’ कथासंग्रहले २०५४ मा मदन पुरस्कार प्राप्त गर्न सफल भयो ।

उहाँ २०२५ सालतिर जिल्ला सभापति, अञ्चल सभापति राष्ट्रिय पञ्चायत सदस्य हुनुभयो । त्यतिबेला राजनीतिमा आइहाल्ने विचार नभएको तर, साथीहरुको आग्रहमा कानुनी वकालतको कार्यलाई सँगसँगै लाने सोचका साथ सामाजिक तथा राजनीतिक क्षेत्रमा लागेको उहाँको भनाइ छ । बुढौलीसँगै भक्तपुरको लोकन्थली परिसरमै आजभोलि उहाँको दैनिकी बित्छ । स्वास्थ्य समस्याका कारण कतै जान, हिड्डुल गर्न सक्नुहुन्नँ । राज्यले भिआईपी व्यक्तित्वको स्वास्थ्यउपचारका लागि अनुदान दिने विषय आफूलाई थाहा नभएको उहाँले सुनाउनुभयो । ‘कचौरामा भीक मागेजस्तो होइन, सम्मानपूर्वक हुनुपर्छ । नियम बनाएर क्याबिनेटबाट पास गरेर रकम छुट्याइनुपर्छ ।’ त्यसै हातमा ५०, ६० लाख फालिदिने कुराको पक्षमा आफू नभएको उहाँले बताउनुभयो ।

उहाँ आफू सरकारको नेतृत्वमा हुँदा सरकारी रकम खर्च गर्न लोभ लाग्ने गरेको बताउनुहुन्छ । त्यो समय विभिन्न विकासको कामसँगै बझाङ, अछाम, बैतडी लगायतका क्षेत्रमा एयरपोर्ट राखिएको स्मरण गर्नुभयो । जडीबुटीले नेपालको विकास हुने उहाँको विचार रहेछ । फलस्वरुप, सुदूरपश्चिम र पूर्वको पाँचथरमा जडीबुटी केन्द्र स्थापना भएपनि त्यो कार्यक्रम बन्द भएको उहाँले बताउनुभयो । जो सबैभन्दा पछाडि छ, उसलाई सबैभन्दा पहिले उठाउने सिद्धान्त अनुरुप हरेक वर्षमा वडास्तरको कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । वडाको सबैभन्दा गरिबलाई प्रमाणपत्र उपलब्ध गराउने र त्यसको आधारमा निशुल्क शिक्षा, स्वास्थ्य र बैंकबाट कम ब्याजदरमा ऋण उपलब्ध गराउने योजना त्यो बेला रहेको उहाँले सुनाउनुभयो ।

राप्रपाको स्वघोषित अध्यक्ष हुँदा ः
उहाँ भन्नुहुन्छ, ‘जन्मथलोको माया सबैलाई हुन्छ । त्यही माया राष्ट्रप्रतिको मायामा परिनत हुन्छ नि । जसले जन्मथलोलाई माया गर्न सक्दैन, देशलाई पनि माया गर्न सक्दैन । समकालीन नेतालाई सम्झने प्रसंगमा उहाँले मनमा जे आयो त्यो बोलिहाल्ने विश्वबन्धु थापा, सीपी मैनाली लगायतका नेतालाई उहाँले स्मरण पनि गर्नुभयो ।

२०७० मा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सुर्यबहादुर थापा अध्यक्षमा विवाद हुँदा आलोपालो सहमति तोडिएको भन्दै उहाँले राप्रपा अध्यक्षको स्वघोषणा गरेको विषय निकै चर्चामा आयो । तत्कालीन समयमा राजा विरेन्द्रसँग पछि दुख पाएर आएका नेताले राम्रो गरेनन् भन्ने गुनासो राख्दा राजाले यसका लागि निष्पक्ष संवैधानिक निकायको प्रणाली आवश्यक रहेको ठहराउने गरेको उहाँले सुनाउनुभयो ।

देशलाई अभिभावकको खाँचो छ ः

उहाँलाई लागेको छ, मुलुकलाई एउटा अभिभावकको जरुरी छ । यस्तो अभिभावक जसकाृ उद्देश्य संविधान संशोधन गर्ने वा कुनै निर्णय गर्ने मात्र होइन, मुलुकलाई संकट परेका बेला सबैलाई मध्यस्त गर्नसक्ने अभिभावक । राजा विरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने विषय पनि बहुदल आएपछि नउठेकाले यसमा आशावादी हुने ठाउँ नरहेको भनाइ राख्नुभयो । अहिलेका सबै दलका नेताहरुसँग राम्रो सम्बन्ध राख्न खोजे पनि राजनीतिमा कसैसँग राम्रो हुने कुरा असम्भव रहेको अनुभव हामीलाई सुनाउनुभयो । उहाँले सबैभन्दा पहिला देशका नेताहरु ठीक भए कुनै पनि विदेशी हस्तक्षेप हुन नसक्ने बताउनुभयो ।

फोटो÷भिडियो ः ध्रुव अधिकारी

(एबीसी टेलिभिजनको कार्यक्रम आत्मवृत्तान्तका लागि गरिएको संवादमा आधारित)

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

सम्बन्धित

इरानको सामाजिक सञ्जाल रणनीति : अमेरिका-इजरायल आक्रमणविरुद्ध ‘सूचना युद्ध’मा फेरबदल

ट्रम्पको ‘विद्युत गृह ध्वस्त पार्ने’ धम्कीपछि तेहरान अडानमा, इजरायलमा मिसाइल हमला

बालेन सरकार : १५ सदस्यीय मन्त्रिपरिषद् फाइनल, चैत १३ मा सपथ, यी बन्छन् मन्त्री !

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com