ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुरमा डुबान पर्ने जोखियुक्त क्षेत्र पहिचान


एबीसी न्यूज
असार १२, २०८० मंगलबार  ३ : ०७ बजे

काठमाडौं,१२ असार । शुक्लाफाँटा नगरपालिकाले बाढीले प्रभाव पार्न सक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी विस्तृत परियोजना तयार गरेको छ । बाढीले डुबान पार्ने क्षेत्रको पहिचानको कार्यसँगै पानी निकासका लागि परियोजना तयार गरिएको हो ।

नगरपालिकाका १२ वटै वडा भएर बग्ने स्याली, सुनवरा, वनहरा नदी र अन्य खोलासहित एक सय ३० किलोमिटर क्षेत्रको सर्भेको कार्य गरी जोखियुक्त क्षेत्र पहिचानको कार्य गरिएको नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीले बताउनुभयो ।

“नदी क्षेत्रको ३६ किलोमिटर दुवै किनारा गरी ७२ किलोमिटर क्षेत्र अति जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएका छौँ”, उहाँले भन्नुभयो, “अति प्रभावित क्षेत्रमा नदी नियन्त्रणका लागि भरपर्दो तटबन्ध निर्माण गर्नुपर्ने देखिन्छ, नदी नियन्त्रणका लागि तटबन्धलगायतका संरचना निर्माणका लागि दीर्घकालीन योजना लागू गर्नुपर्छ ।”

उहाँका अनुसार नदी नियन्त्रण संरचना निर्माणका लागि रु एक करोड ८८ लाख २७ हजार एक सय ५७ प्रतिकिलोमिटर लागत लाग्ने अनुमान गरिएको छ । नगरपालिकाका १२ वटै वडामा बाढी र वर्षात्को पानीको सुरक्षित निकासको भरपर्दो व्यवस्था हालसम्म हुनसकेको छैन । परियोजनाअन्तर्गत डुबान पर्ने ५२ क्षेत्रको सर्भेको कार्य गरिएको छ ।

डुबान पर्ने क्षेत्रको पानी सुरक्षित तरिकाले निकास गर्नका लागि नजिकको खोलासँग नाला निर्माण गरी जोड्न सकिने योजना अघि सारिएको छ । जसको लागत अनुमान रु नौ करोड ७२ लाख एक हजार तीन सय ४७ रहेको छ ।

“नदीको जोखिमबाट नगरवासीलाई जोगाउनका लागि र खेतीयोग्य, आवास, सार्वजनिक क्षेत्रको जग्गा क्षय हुने डुबान हुने कार्य रोक्नका लागि विस्तृत परियोजना तयार गरेका छौँ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भन्नुभयो, “परियोजना कार्यान्वयनका लागि कार्य अगाडि बढाउँछौँ ।”

उहाँका अनुसार नगरपालिकाले बहुवर्षे नगर गौरवका योजनाअन्तर्गत नगर चक्रपथ, नगरस्तरीय कभर्डहल र लक्ष्मीपुर खानेपानी आयोजना निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाएको छ । यसैगरी नगर यातायात गुरुयोजना निर्माण गरेको छ । जसअनुसार नगरपालिकाको सडक सञ्जाल तीन सय ३८ दशमलव १५ किलोमिटर रहेको छ । हालसम्म ५१ दशमलव २८ किलोमिटर सडक कालोपत्र, ४८ दशमलव ६३ किलोमिटर सडक कच्ची र दुई सय ३८ दशमलव २४ किलोमिटर सडकमा ग्राभेल गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com