ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीको खानेपानी वर्षाभर सञ्चालनको योजना


एबीसी न्यूज

काठमाडौ असार १२ । विगत दुई वर्ष वर्षाको समयमा मेलम्चीको पानी काठमाडौँ ल्याउन नसकिएकामा यो वर्षदेखि वर्षाभर पनि ल्याउने योजना बनाइएको छ ।

ठूलो वर्षा भएर आयोजनाको माथिल्लो भागमा क्षति हुने अवस्था भएमा बाहेक सामान्य वर्षा भइरहे पनि पानी नियमित सञ्चालन गर्न लागिएको हो । ढोकाहरू प्रविधिमार्फत खोल्न र बन्द गर्न सकिने तथा बाढीको पूर्वसूचना थाहा हुने प्रविधिका कारण वर्षामा समेत नियमित सञ्चालनको योजना बनाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । अहिले सबै ढोकाहरु उपकरणमार्फत ९हाइडो मेकानिकल्ली० बन्द गर्ने र खोल्ने व्यवस्था मिलाइसकिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।

ढोकाहरू मानिस नगएरै सञ्चालन गर्न सकिने भएकाले पानी सफा हुँदासम्म चलाइराख्न सकिने उनको भनाइ थियो । सूचना अधिकारी पन्तले भन्नुभयो, “पानी धमिलो आएको बेला बन्द गर्ने गरी उपाय अपनाइएको छ ।”सामान्य वर्षामात्र हुँदा पानी नियमित पथान्तरण गर्न सकिने भए पनि ठूलो किसिमको बाढी आयो र ढुङ्गाहरु नै बगाउने भएमा त्यस्तो अवस्थामा पूरै बन्द गर्नुपर्ने उनले जानकारी दिए । पानी धमिलो भएमा थोरै पानी पठाएर त्यसलाई धुने योजना समितिको छ ।

कहिलेदेखि पानी नियमित सञ्चालन गर्ने भन्ने विषयमा अहिले समिति पर्ख र हेरको अवस्थामा रहेको छ । ठूलो क्षति हुने अवस्थामा बाहेक पानी ल्याउन रोकिँदैन । माथितिर ठूलो वर्षा भएको र बाढी आउने सम्भावना छ भन्ने पूर्वसूचना आउँदा ढोका बन्द गरिने छ”, सूचना अधिकारी पन्तले भने “सुरुङभित्र पानी रहिरन्छ र बीचमा केही समयका लागि बन्द भए पनि पानी सङ्लो हुँदा पुनः चलाउने गरी तयारी गरिएको छ ।”

गत वर्ष जसरी यो महिनादेखि त्यो महिनासम्म बन्द गर्ने भनी अहिले नै तालिका बनाएर नगरिने भए पनि बाढीका कारण बन्द गर्नुपर्दा छोटो समयका लागिमात्र बन्द हुनसक्ने उनको भनाइ थियो । धमिलो पानी आएको समयमा बन्द गर्दै खोल्दै गरेर चलाउन सकिने भए पनि त्यसो गर्दा सुरुङमा बालुवा जाने सम्भावना बढी हुन्छ । पछि केही समय सुरुङ सफा गर्न पनि पानी वितरण बन्द गर्नुपर्ने हुँदा पहिले नै सावधानीपूर्वक चलाउन लागिएको हो ।

सुरुङको नियमित मर्मतसम्भार र निरीक्षण योजना बनाएर गरिँदै आपइएको छ । वर्षामा पनि धमिलो पानी आउँदा केही समयका लागि बन्द गरे पनि पुनः सञ्चालन गर्न समस्या नहुने सूचना अधिकारी पन्तले बताए ।

सुरुङमा रहेको १ नं ढोकाबाट पानी गएपछि नौ नं ढोकाले पखाल्ने काम गर्छ । पखालेपछि केही समय सुरुङमा पानी नराखिने र त्यो त्यो ढोका सफा भएपछि पुनः सुरुङतर्फ पानी पठाइने योजना रहेको छ ।

सामान्य वर्षाले मेलम्ची नदीको सतहमात्र बढेको छ भने पानी सुरुङमा नियमित पठाउन समस्या नहुने समितिले जनाएको छ । विसं २०७८ असार १ मा आएको जसरी एकै पटक ठूलो बाढी आएमा भने बन्द गर्नुपर्ने हुनसक्ने उनले बताए। संरचना नै क्षति हुने गरी बाढी आएमा मात्रै लामो समय सुरुङ बन्द हुनसक्छ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com