ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : मन्त्री डा महत


एबीसी न्यूज

काठमाडौ असार १२ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट पारेका छन।
प्रतिनिधिसभाको आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले उठाउनुभएको विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा महतले आफू लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै  आम नागरिकले निष्पक्ष र भयरहित वातावरणमा स्वतन्त्रतापूर्वक निर्वाचनमा भाग लिन पाउने मान्यताप्रति सरकार विचलित नहुने बताए।
“हामीले निर्वाचन आयोगको स्वतन्त्रतालाई कत्ति पनि तलमाथि पार्न दिँदैनौँ । यो हाम्रो विश्वास हो”, मन्त्री महतले भने, “जिल्ला निर्वाचन कार्यालयहरु अझ स्वतन्त्र र प्रभावकारी बनाउन पहल गरिनेछ, खारेज हुनेछैन ।”
यसअघि आजको बैठकमा नेकपा ९एमाले० र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गरी सिडिओ कार्यालयमातहत ल्याउने प्रस्तावको विरोध गर्नुभएको थियो । उनीहरुको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
अर्थमन्त्री महतले निर्वाचन आयोगको स्वतन्त्र अस्तित्वको पक्षमा आफूहरु अडिग रहेकाले यसमा कुनै शङ्का उत्पन्न हुन नदिन सरकारको सम्पूर्ण कोसिस रहने समेत प्रतिबद्धता व्यक्त गरे। उनले आगामी आर्थिक वर्षको बजेटमा विभिन्न कार्यालयको पुनरावलोकन गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालयको सन्दर्भ उल्लेख गरिएको दाबी गरे।
अर्थमन्त्री डा महतले आर्थिक मितव्ययीताका लाागि कतिपय कार्यालयका सम्बन्धमा निष्कर्षमा पुग्नुपरेको भए पनि जिल्ला निर्वाचन कार्यालय ‘खारेजी’ भन्ने शब्दावली बजेट वक्तव्यमा पर्न गएकोे बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

सम्बन्धित

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

प्रधानमन्त्री ओलीसँग देउवाले गरे एक घण्टा छलफल

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा मुछिएका तत्कालीन महासचिव श्रेष्ठ ५ लाख धरौटीमा रिहा

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

देउवासँग एक घण्टा छलफल गरेर ओली मन्त्रिपरिषद् बैठकमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com