ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछामका धेरै गाँउबस्तीहरु युवा बिहीन


admin

अछाम । यूवाहरु रोजगारीको शिलसिलामा विदेशिएकाले अछामका धेरै गाँउ बस्तीहरु युवा बिहिन भएका छन् । बेरोजगारीका कारण गाउँका अधिकांश युवा मुग्लान तिर लागेपछि यहाँका अधिकांश गाँउ बस्तीहरु यूवा बिहिन भएका हुन् ।
यस्तै साँफेबगर नगरपालिका ३ नौलाकोट टोल पनि युवा विहीन भएको छ । दलित परिवारको बाक्लो बस्ती रहेको नौलाकोटमा आजभोली मलामी जान समेत युवा भेटिदैंनन् । नौलाकोटमा अहिले बृद्धाबृद्ध, महिला, केटाकेटीमात्र भेटिन्छन् । बेराजगारी समस्याका कारण अधिकांश युवा मुग्लान लागेपछि गाउँ सुन्य बनेको स्थानीय ९१ बर्षीया बृद्धा रम्बा बिक बताउँछिन् ।
रम्बा बिकका छोरा, बुहारी, नातिनातिना सबै भारत गएका छन् । उमेरको उत्तराद्र्धमा छोराछोरी मुग्लान लागेपछि उनी कष्टकर जीवन बिताउँदै आएकी छन् । दुई–तीन वर्ष अघिसम्म खेतीपाती लगाउनका लागि घर आउने उनका छोराबुहारी अचेल आएका छैनन् ।
‘जग्गा जमिन बाँझै छ,’ उनले भनिन् ‘आफू त आज हो कि भोलि, स्याहार सुसार गर्ने उमेरमा छोराबुहारी पनि घरमा छैनन् ।’ परम्परागत रुपमा चलि आएका र बर्षका एक पटक मात्र आउने चाडपर्वहरुको समयमा समेत घरमा कोही नहुँदा उराठ लाग्ने गरेको उनको भनाइ छ । स्थानीय मिना बिकलाई पनि यस्तै भएको छ । मिनाका श्रीमान् बितेको चार वर्ष पुग्यो । चार छोरा मध्ये दुई छोरा परदेशतिर लागेपछि उनी दुई नाबालक छोरालाई स्याहार सुसार गर्दै आएकी छन् ।
आर्थिक अवस्था कमजोर भएपछि बीचमै पढाई छोडेर भारतमा रोजगार गर्दै आएका भरत विकले पहुँचवालाले मात्रै रोजगार पाउने भएकाले आफू भारत गएर काम गर्दै आएको बताए । यो त एक उदाहरण मात्र हो यहाँका अधिकास दुर दराजका गाउहरु युवा बिहिन छन । साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कँुवरले बढ्दो बेरोजगारीले युवाहरु विदेश जान थालेपछि आफूलाई चिन्तित बनाएको बताए ।
उनले बेरोजगारी समस्यालाई समाधान गर्नका लागि नगरपालिकाले कपाल काट्ने देखि कम्युटर चलाउन सक्ने खालका तालिमहरु सञ्चालन गरि यूवाहरुलाई स्वदेशमै स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी आन्दोलन पुनर्गठन गर्न भन्दै बाबुरामले भनेको ‘किनारा पुँजीवाद’ के हो ?

अन्ततः वामदेव एकीकृत समाजवादीको वरिष्ठ नेता, वरीयता तेस्रो

सम्बन्धित

सेयर बजार ४ महिनाकै उच्च, बैंकमा आकर्षण

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com