ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोहरबाट उत्पादित ग्यासपाइप लाइनबाट वितरण गर्न सुरु


एबीसी न्यूज

काठमाडौं, १० असार । दाङको घोराही उपमहानगरपालिका–१६ करौँतीडाँडामा गल्ने फोहरबाट ग्यास र मल उत्पादन सुरु भएको छ । साथै उपमहानगरपालिले पाइप लाइनका माध्यमबाट ग्यास वितरण भने सुरु गरेको छ ।
करौँतीडाँडामा फोहरबाट ग्यास उत्पादन गरी पहिलो चरणमा प्रभावित क्षेत्रका ३५ घरपरिवारलाई निःशुल्करूपमा ग्यास वितरण गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ४० प्रतिशत र नेपाल ऊर्जा विकास कम्पनी प्रालिको ६० प्रतिशत लगानीमा ग्यास उत्पादन परियोजना तयार भएको नगर उपप्रमुख हुमा डिसीले बताउनुभयो । फोहर प्रभावित क्षेत्रका नागरिकलाई ग्यास चुलो वितरण र घरघरमा पाइपलाइन पु¥याउने काम भइरहेको डिसीले बताउनुभयो ।
उद्योगबाट उत्पादित ग्यास पाइप लाइनबाट वडा नं १० र १६ का एक हजार पाँच सय घरमा पु¥याइने परियोजनाको लक्ष्य रहेको उपप्रमुख डिसीले बताउनुभयो । पाइप लाइनबाट ग्यास प्रयोग गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।
ग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालन भएमा दैनिक दुई हजार घनमिटर ग्यास उत्पादन र दैनिक तीन सय क्विन्टल फोहर चाहिने भएको छ । फोहरबाट ग्यास उत्पादन सुरु भएपछि उपमहानगरलाई फोहर व्यवस्थापनमा सजिलो भएको छ । विसं २०७५ मङ्सिर ५ गते सम्झौता भई सुरु भएको परियोजना निर्माणका लागि करिब रु २२ करोड लाग्ने अनुमान गरिएको छ । संरचना निर्माणका लागि उपमहानगरपालिकाले करिब तीन बिघा जग्गा उपलब्ध गराएको छ ।
उपमहानगरपालिकाले ग्यास वितरण गरेकामा वडा नं १६ निवासी शोभा चौधरीले खुसी व्यक्त गर्नुभयो । “ग्यास बाल्न पाउँदा धेरै खुसी लागेको छ, दाउराको प्रयोग गरेर खाना पकाउने गरेको थिए, उपमहानगरपालिकाले घरघरमा ग्यास वितरण गरेपछि ग्यासमा खाना पकाउने गरेको छु”, उहाँले भन्नुभयो ।
बायोग्यास उद्योगले पाइपका माध्यमबाट घरमै ग्यास दिन थालेपछि समय र इन्धनको बचत भएको छ । वैशाख अन्तिम सातादेखि उद्योगले बायोग्यास वितरण थालेपछि दैनिक भान्सामा काम गर्न सहज भएको चौधरी बताउनुहुन्छ ।
सोही ठाउँकी सिर्जना चौधरीले पनि दैनिक दाउराका भरमा खाना पकाउँदै आउनुभएको थियो । उहाँले सुरुमा त ग्याँस प्रयोग गर्न नजानेको बताउनुभयो । घरमै पानीको धारा खोलेजस्तै गरि ग्यास बाल्न पाउँदा उहाँमा खुसीको सीमा नै छैन । “दाउराकै भरमा घरमा खाना पकाउने गरेका थियौँ तर अहिले उद्योगले निःशुल्करूपमा ग्यास दिन थालेपछि सजिलो भएको छ”, उहाँले भन्नुभयो, “दाउरा खोज्नुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com