ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रूसकै निजी सैन्य कम्पनी ‘वागनर समूह’ले नियन्त्रणमा लिन थाल्यो रूसका सहर, ध्वस्त पार्ने पुटिनको चेतावनी


एबीसी न्यूज

 

मस्को ९ असार, एजेन्सी :  राष्ट‍्रपति पुटिन र वागनर समूहका प्रमुख प्रिगोजिन।राष्ट‍्रपति पुटिन र वागनर समूहका प्रमुख प्रिगोजिन।

रूसको निजी सैन्य कम्पनी ुवागनर समूहु ले दक्षिणी सहर रोस्तोव(अन(डनको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको छ।
वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले शनिबार आफ्ना सैनिकले रूसकै सहर रोस्तोवको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको दाबी गरेको बिबिसीले जनाएको छ। वागनर समूह रूसकै निजी सैन्य संस्था हो।
रूसका लागि हजारौंको संख्यामा युक्रेनसँग लडिरहेको वागनर समूह अहिले रूसकै विरूद्धमा उत्रिएको छ। प्रमुख प्रिगोजिनले रोस्तोव सहरका सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमार्फत् दाबी गरेका हुन्।
उनले रक्षामन्त्री सर्गेइ शोइगु र जनरल वालेरी गेरासिमोवले आफूसँग नभेटेसम्म सहरमा नाकाबन्दी गर्ने र मस्कोतर्फ आफ्ना सैनिक बढ्ने बताएका छन्।
उनले न्यायका लागि २५ हजार सेना मस्कोतर्फ लागेको दाबी गरेका छन्।
प्रिगोजिनले आफूलाई रोक्न खोज्ने जो(कोहीमाथि पनि आक्रमण गर्ने चेतावनी समेत दिएको बिबिसीले जनाएको छ। स्थानीय गभर्नरले नागरिकलाई घरभित्रै रहन भनेका छन्।
प्रिगोजिनले रूसी सैन्य प्रमुखको आलोचना गर्दै आएका थिए।
शुक्रबार भने आफ्ना सैनिकमाथि रूसी सैनिक प्रमुखले मिसाइल आक्रमण गरेको उनले आरोप लगाएका छन्।

आफ्ना सैनिकमाथि आक्रमण गरेको भन्दै प्रिगोजिनले रूसी सैनिक प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
‘जसले हाम्रा केटाहरू, र दसौं हजार रूसी सैनिक ९युक्रेन युद्धमा० मारे, उनीहरूलाई सजाय दिइनेछ,’ टेलिग्राममा हालिएको अडिओ मेसेजमा भनिएको छ, ‘म यसको प्रतिकार नगर्न चेतावनी दिन चाहन्छु। जसले हामीलाई रोक्न खोज्छ उसलाई हामी खतराको रूपमा लिएर ध्वस्त पार्नेछौं।’
उनले थपे, ‘यो कुनै सैन्य कू होइन। तर यो न्यायको लागि यात्रा हो।’
रोयटर्सका अनुसार वागनर समूहले भरोनेजमा रहेको सैनिक क्षेत्रलाई पनि नियन्त्रणमा लिएको छ। मस्कोमा सबै सामाजिक कार्यक्रम पनि रद्द गरिएका छन्।
यसबारे रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि जानकारी लिएको क्रेमलिन प्रवक्ताले बताएका छन्। जानकारी लिएसँगै उनले टेलिभिजनमार्फत् सम्बोधन समेत गरेका छन्।
पुटिनले सम्बोधन गर्दै वागनर समूहले देशद्रोह गरेको र कारबाही गर्ने चेतावनी समेत दिएका छन्। उनले यो विद्रोह देशको सेनाको पिठ्यूँमा छुरा हानेको बताएका हुन्।
त्यस्तै रूसी सेनालाई उक्त समूहविरूद्ध पनि युद्ध सुरू गर्न आवश्यक निर्देशन दिइसकेको उनले बताए।
त्यससँगै सेन्ट पिटर्सबर्गमा रहेको वागनरको कार्यालयमा रूसी सेना र प्रहरीले छापा मारेको बिबिसीले जनाएको छ।
को हुन् येवगेनी प्रिगोजिन ?
उनी पुटिन जन्मिएको शहर सेन्ट पिटर्सबर्गका हुन्।
चोरी मुद्दामा केही समय जेल समेत बसेका उनले सेन्ट पिटर्सबर्गमा ‘हट डग’ बेच्ने काम गर्थे। केही वर्षमै व्यापार राम्रो हुन थालेपछि उनले महंगा रेष्टुरेन्ट समेत खोलेका थिए।
पछि उनको केटरिङ कम्पनीले राष्ट्रपति भवनमा खाना सप्लाई गर्न थालेको थियो। जसकारण प्रिगोजिनलाई पुटिनको सेफको नाम दिइएको बिबिसीले जनाएको छ।
वर्षौंसम्म यो समूह अस्तित्वमा रहेको रूस सरकारले स्वीकारेको थिएन। तर सन् २०२२ जुलाइ २७ मा पूर्वी युक्रेनमा रूसका लागि लडिरहेको क्रेमलिनले स्वीकार गरेको थियो।
वागनर समूह पहिलो पटक सन् २०१४मा पहिचान भएको थियो।
बेलायती डिफेन्स मन्त्रालयले यसले सन् २०२२मा ठूलो संख्यामा सैन्य भर्ना गर्न थालेको हो। यो समूहमा रहेका ८० प्रतिशत सैनिकहरू जेलमा रहिसकेका व्यक्तिहरू हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मोदीको एघार वर्ष; चौतर्फी असफलता र निराशा एक समीक्षा : पी चिदम्बरम

सहकारी ठगी प्रकरणमा रविसहित २९ जनाविरुद्ध पर्सामा मुद्दा दर्ता

सम्बन्धित

रोष्ट्रमबाटै प्रभु साहले गरे सभामुखसँग सवालजवाफ

लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्- परराष्ट्र मन्त्रालय

काठमाडौँको पासिकोटमा भारतीय नागरिकसँगै नेपाली युवती मृत फेला

रास्वपाको नाराबाजीबीच सवा ३ घण्टा चल्यो संसद् बैठक

आर्थिक बर्ष सकिन १ महिना मात्रै बाँकी रहँदा पूँजीगत खर्च ४० प्रतिशत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com