ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजगढ विमानस्थलको साइट क्लियर १ वर्षभित्र गर्ने प्रधानमन्त्रीको सासदहरुलाई जबाफ


ABC NEWS

काठमाडौँ ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा आर्थिक वर्ष २०८०र८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने उनले प्रतिवद्धता जनाए । उनले रेल सेवा सञ्चालन गर्ने कुरामा सरकार सकारात्मक रहेको पनि बताए । ‘राष्ट्रिय गौरवका आयोजनाहरुमा बजेट कम हुने अवस्थामा थप बजेट व्यवस्था गर्ने गरिएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु र अन्य प्राथमिकता आयोजनाहरूको जग्गा अधिकरण मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्ने कार्य सरकारको प्राथमिकतामा छ’ उनले भने ‘आगामी दिनमा आवश्यक बजेट व्यवस्थासहित सम्बन्धित निकायमार्फत सम्बोधन गरिनेछ ।’
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखेका थिए।

हरेक महिना चलाउने गरी अघि बढाइएको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शुक्रबार संसद्‍मा पुगेका थिए।

प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि सभामुखले चार दिनअघि नै सांसदहरुसँग लिखित प्रश्न मागेका थिए।

पहिले नै प्रश्न लिइसकेकाले प्रधानमन्त्रीले शुक्रबार पूर्वतयारीसहित सांसदहरुको प्रश्नको जवाफ दिन संसद्‍मा उपस्थित हुनुपर्ने थियो।

तर शुक्रबार संसद्मा फरक दृश्य देखियो। प्रधानमन्त्रीले आफूलाई प्रश्न गर्ने सांसदहरुलाई चिन्न नै सकेनन्। सांसदहरु चिन्न नसकेपछि उनलाई सभामुख देवराज घिमिरेले सघाएका थिए।

पूर्वनिर्धारित कार्यक्रम भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लापरबाही कारण संसद्‍मा अप्ठेरो दृश्य देखिएको हो।

शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई प्रश्नका लागि सभामुख घिमिरेले नेपाली कांग्रेसकी सांसद अञ्जनी श्रेष्ठको नाम लिए। आफ्नो पालो आएपछि उनले प्रधानमन्त्रीलाई प्रश्न सोधिन्।

त्यसअघि प्रधानमन्त्रीलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेका अच्युत मैनाली र नेपाली कांग्रेसका अजय चौरसियाले प्रश्न गरेका थिए।

त्यक्रममा प्रधानमन्त्री अलमलिन पुगे। उनले आफूलाई प्रश्न गर्ने सांसदको नाम नै चिन्न नसकेपछि सभामुख घिमिरेले सघाए। प्रधानमन्त्रीलाई रोकेर सभामुख घिमिरेले सांसद अञ्जनी श्रेष्ठको नाम लिएर सघाइ दिए। त्यसपछि बल्ल प्रधानमन्त्रीले श्रेष्ठको प्रश्नको जवाफ दिए।

यो दृश्य फेरि दोहोरियो। उनले आफूलाई प्रश्न सोध्ने पूर्वमन्त्री एवम् नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतलाई पनि चिनेनन्। बस्नेतलाई पनि नचिनेपछि प्रधानमन्त्री प्रचण्डलाई सभामुखले सघाएर सहज बनाइदिए।

तर अझै अलमल देखियो। सभामुख घिमिरेले प्रश्न सोध्ने सांसद अम्बिका बस्नेत भएको बताउँदा पनि प्रधानमन्त्रीमा अलमल देखियो।

प्रधानमन्त्रीले सांसद बस्नेतको लिखित प्रश्न नै हराएको बताउँदै फेरि सोध्न रोस्ट्रमबाट आग्रह गरे। त्यहीक्रममा उनले आफूले राम्रो तयारी गर्न नसक्दा यस्तो भएको उल्लेख गरे।

प्रश्नोत्तरको अन्तिममा सांसद अशोककुमार चौधरीले प्रधानमन्त्रीमाथि कटाक्ष गरे। उनले आफ्नो नाम अशोककुमार चौधरी रहेको बताउँदै नझुक्किनका लागि नोट गरेर राख्न भने।

उनले आफ्नो नाममा नझुक्किन आग्रह गर्दै भारतसँग जोडिएको सीमा नियमन कहिले र कसरी हुन्छ भनेर प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

रास्वपाले भिरेको रिबनप्रति कांग्रेसले जनायो नियमापत्ति

कानुन व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिनु हुँदैनः मन्त्री चौरसिया

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com