ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा ‘ड्रागन बोट रेस महोत्सव’


एबीसी न्यूज

काठमाडौ असार ८ ।
पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु हुँदैछ ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा दुईदिने बोट रेस हुन लागेको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो महोत्सवको सहयोगी संस्थाका रुपमा रहेका छन् ।त्यसैगरी ताल किनारको क्याम्पिङ चोकमा महोत्सव हुँदैछ । महोत्सवमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम आकर्षण रहेको छ । कार्यक्रमका सहभागिताका लागि चीनबाट विशिष्ट पाहुना पोखरा आइसकेका छन् । नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बोट रेस तथा महोत्सवको आयोजना गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
फेवातालमा दुइसय र पाँचसय मिटरमा दुई विधामा आठवटा बोट रेस प्रतियोगिता हुने पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए। ‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिनेगरी बनाइएको डुङगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुङ्गा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुङ्गाको दिशा मिलाउँछन् । निर्धारित दूरी सबैभन्दा अघि पार गर्ने टोली विजेता बन्छ ।बोट रेसमा चिनियाँ चार र नेपाली चार गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट नेपाल ¥याफ्टिङ एण्ड क्यानोइङ एसोसिएसन ९एनआरसीए०, चाइना नेपाल फ्रेण्डसिप, फेवा ढुङ्गा व्यवसायी सङ्गठन, र पोखरा महानगरपालिकाको टिम रहेको छ । प्रतियोगितामा विजेता हुने दुवै विधाका टोलीलाई जनही रु पाँच लाख ५० हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुने टोलीका लागि रु ३० लाख पुरस्कारको व्यवस्था छ ।बोट रेस चीन बाहिर दक्षिण एशियामै पहिलोपटक हुन लागेको र कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । उनका अनुसार पोखराको पर्यटनलाई थप चलायमान बनाउन यसले मद्दत पुग्नेछ । बोट रेस र महोत्सवमा सहभागिताका लागि चिनियाँ टोली चार्टर उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । रेसका लागि चीनको केरुङ नाका हुँदै आठ विशेष खालका डुङ्गा, अन्य आवश्यक सामग्री र बोट रेस प्रशिक्षक जेठ अन्तिम सातादेखि पोखरा आएर अभ्यास गरेका थिए ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानमा शासन परिवर्तनको सही मार्ग !

प्रधानमन्त्री सहित तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा जारी

सम्बन्धित

स्रोत नखुलेको वन्यजन्तुको आखेटोपहार जफत गर्न सर्वोच्चको आदेश

मुकुल ढकाल अझै रास्वपा महामन्त्री- निर्वाचन आयोग

आचरणमा प्रश्न उठेपछि दार्चुलाका न्यायाधीश पाण्डे सर्वोच्च तानिए

भ्रष्टाचार मुद्दामा नागार्जुनका मेयर बस्नेत दोषी, ९ करोड २२ लाख घुस खाएको ठहर

बीपी राजमार्गमा १५ दिन राति गाडी चलाउन रोक

बेचिएका नेपालीको आँशुले पोलेन, सरकारलाई प्रश्नबाट भाग्यो – गौतम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com