ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकृष्ण खाणलाई भेट्न परराष्ट्रमन्त्री साउद पुगे केन्द्रीय कारागार


ABC NEWS

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई भेटेका छन् । बिहीबार विहान १० बजे मन्त्री साउद खाणलाई भेट्न केन्द्रीय कारागार सुन्धारा पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौंले १ असारमा खाणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । कारागार स्रोतका अनुसार खाण पुर्पक्ष चलान भएको एक सातापछि भेट्न गएका मन्त्री साउदले करिब १० मिनेट जिते संवाद गरेका थिए । पार्टी राजनीतिमा खाण र साउदको समकालिन नेता हुन् ।

बउउथ ाष्शश
खाण २०४४ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष भएका थिए भने उनको उत्ताधिकारीका रुपमा साउद नेविसंघको नेतृत्वमा पुगेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा निकट खाण र साउद पार्टी संगठनमा राम्रो होल्ड भएका नेता हुन् ।

शरणार्थी प्रकरणमा फसेपछि खाणको लिगेसी के हुन्छ भन्ने कांग्रेसभित्र बहस भइरहेका बेला मन्त्री साउद भेट्न पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यतर्फ साउद दोस्रो र खाण तेस्रो बढी मत ल्याएर विजयी भएका थिए ।

बिहीबार मन्त्री साउदका साथै कांग्रेस सहमहामन्त्रीद्वय महेन्द्र यादव र भिष्मराज आङ्डेम्बे पनि खाणलाई भेट्न सुन्धारा पुगेका थिए । उनीहरुले छुट्टाछुट्टै खाणलाई भेटेको कारागार स्रोतले जनाएको छ ।

उनीहरुसँग पार्टी र मुलुकको राजनीतिबारे खाणले चासो राखेका थिए । भेटमा पर्पक्षका लागि थुनामा रहेका खाणले आफूमाथिको आरोप झुट्टो भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com