ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय जान नपाउने गरी नेपालबाट कैलाश मानसरोवर यात्रा खुला


abc

असार, काठमाडौं ।

पर्यटन व्यवसायीहरुका अनुसार चीनले यात्रामा लगाएको प्रतिबन्धका कारण पछिल्लो तीन वर्ष मानसरोवर यात्रा बन्द थियो । जसलाई चीनले खुला गरेको छ । अब नेपालबाट नेपाली नागरिक तथा तेस्रो मुलुकका पर्यटकले मानसरोवर यात्रा गर्न सक्छन् । कैलाश यात्राको उपयुक्त मौसम मे महिनादेखि सेप्टेम्बरसम्म हो ।

भारतीय पर्यटकका लागि भने नेपालको बाटो हुँदै मानसरोवर यात्रा अझै खुला नभएको टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान०का महासचिव विनोद सापकोटाले जानकारी दिए ।

चीनले यस पटक आफ्नो भिसा नीतिमा केही परिवर्तन गरेको छ । विगतमा सामूहिक भिसा दिने गरेकोमा यस पटकदेखि एक पटकमा कम्तीमा ४ जनासम्मले वायोमेट्रिक समेत दिनुपर्ने गरी भिसा नीति चीनले लिएको छ । सोहीकारण पूर्वी वा पश्चिम नेपालबाट मानसरोवर जान चाहने नेपाली भिसा प्रक्रिया पूरा नभएसम्म काठमाडौंमै रहनु पर्ने भएको छ ।

विगतमा नेपालबाट भारतीय नागरिकले चीन प्रवेशको अनुमति पाउने गर्थे । अहिले भने गैरआवासीय भारतीय बाहेक भारतीय पासपोर्ट हुनेहरुले कैलाश मानसरोवर यात्रामा जान अनुमति पाउँदैनन् । पछिल्लो तीन वर्षदेखि यात्राको योजना बनाएर पनि जान नपाएका नेपाली तीर्थालुले भने अब मानसरोवर यात्रामा जान सक्ने सापकोटाले जानकारी दिए ।

अहिले हुम्लाको हिल्सा र रसुवागढी नाकाबाट मानसरोवर यात्रा खुला भएको छ । गत वैशाखदेखि हुम्लाको हिल्सा नाका दुईतर्फी खुला गरिएको छ । अब यो नाकाबाट मानिस र कार्गो दुवैका लागि खुला भएको हो । चीनको अर्को नाका रसुवागढी समेत दुईतर्फी खुला भएसँगै मानसरोवर यात्रामा जानेहरुलाई सहज भएको हो ।

अहिले नेपालगञ्जबाट हुम्लासम्म पुगेर कैलाशको दूरदर्शन गर्न भारतीय पर्यटक समेत आउन सुरु भइसकेको व्यवसायीले बताएका छन् । कैलाशमा जाने अर्को रुट काठमाडौं–ल्हासा हवाई मार्ग समेत हो । यो रुटबाट जानेहरुले भने काठमाडौंबाट ल्हासा सम्म जहाजमा पुगेर त्यहाँबाट १५ सय किलोमिटर सडक यात्रा गरी कैलाश पुग्नु पर्छ ।

कैलाश मानसरोवर यात्रालाई तीर्थालुहरु तीर्थहरुको पनि तीर्थ अर्थातः ‘महातीर्थ’ मान्छन् । चीनको भूमिमा मानसरोवर ताल समुन्द्री सतहबाट ४ हजार ५९० मिटरको उचाईमा अवस्थित छ ।

वायुसेवा सञ्चालक संघको सचिव राजु न्यौपानेका अनुसार नेपालबाट मानसरोवर यात्रामा जाने सबैभन्दा ठूलो संख्या विगतमा भारतीय नागरिकको हुन्थ्यो । उनीहरुले नेपालबाट चीन प्रवेशको अनुमति नपाउँदा हेलिकप्टरले भने अहिले पनि विजनेश पाएका छैनन् । ‘धेरैजसो नेपाली तीर्थालु सडक यात्रा हुँदै रसुवागढीको बाटो जान रुचाउँछन्,’ उनले भने, भारतीय नआउँदा हेलिकप्टरले भने विजनेश पाएका छैनन् ।’

विगतमा सिमिकोट–हिल्सा रुटमा अधिक चापमा हेलिकप्टरहरु उड्ने गर्थे । लुक्लापछि पर्यटक शुल्कमा हेलिकप्टर कम्पनीले बढी आम्दानी गर्ने सिजन नै मानसरोवर यात्रा हुने गरेको उनले स्मरण गरे । मानसरोवर यात्रा सामान्यतया महँगो टुर गन्तव्य समेत हो ।

यो पटक हुम्लामा माउण्टेन हेलिकप्टर र फिस्टेल हेलिकप्टरका एयरक्राफ्ट रहेका छन् । ती हेलिकप्टर अहिले खाद्य संस्थानको चामल बोकेर गाउँगाउँ उड्नु बाहेक अन्य विजनेश नरहेको उनले बताए । भारतीय नागरिकका लागि कैलाश मानसरोवर जाने सबैभन्दा सहज रुट नै नेपालको बाटो हुँदै जानु हो । भारतको सिक्किम बोर्डर हुँदै कैलाश जान सकिने भएपनि सो रुट मौसमका कारण यात्राका लागि अनुकूल मानिदैन ।

नेपालबाट कैलाश मानसरोवर यात्राका लागि अहिले न्यूनतम १ लाख ६५ हजारदेखि अधिकतम तीन लाख रुपैयाँसम्मका प्याकेज बिक्री भइरहेको टानका महासचिव सापकोटाले जानकारी दिए । सामान्यतया १० दिनभन्दा माथिको यात्रापछि मात्र मानसरोवर यात्रा सम्पन्न हुन्छ । मूल्य समय र प्याकेज सुविधा अनुसार फरक फरक पर्ने समेत उनले जानकारी दिए ।

सडक मार्गबाट जाँदा काठमाडौं–केरुङ–सागा–मानसरोवर ताल–माउण्ट कैलाश रुट हुँदै यात्रा गर्ने गरिन्छ । यस्तो यात्रामा प्याकेज भित्र ल्याउने–पुर्‍याउने सवारी साधन, बासस्थान, शाकाहारी भोजन, स्थानीय गाइडसहितको सुविधा कम्पनीहरुले उपलब्ध गराउँछन् । हेलिकप्टर वा काठमाडौं–ल्हासा जहाजमा यात्रा गर्दा यस्तो प्याकेज सडक मार्गको तुलनामा महँगो पर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ऋणीलाई कालोसूचीमा समावेश गर्नुपूर्व धितो लिलामी असुली गर्नुपर्ने

कोको छन् प्रधानमन्त्रीको यूएई भ्रमण दलमा ?

सम्बन्धित

इजरायली आक्रमणबाट गाजामा १५ हजार मारिए, ३६ हजारभन्दा धेरै घाइते

रास्वपाले घोषणा गर्‍यो आफूलाई लोकतान्त्रिक दल, विधानको प्रस्तावना सार्वजनिक

ऋणीलाई कालोसूचीमा समावेश गर्नुपूर्व धितो लिलामी असुली गर्नुपर्ने

कोको छन् प्रधानमन्त्रीको यूएई भ्रमण दलमा ?

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

कोसीको बजेटमा मतदानबारे एमाले र राप्रपा छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com