ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय जान नपाउने गरी नेपालबाट कैलाश मानसरोवर यात्रा खुला


एबीसी न्यूज
असार ६, २०८० बुधबार  ६ : १४ बजे

असार, काठमाडौं ।

पर्यटन व्यवसायीहरुका अनुसार चीनले यात्रामा लगाएको प्रतिबन्धका कारण पछिल्लो तीन वर्ष मानसरोवर यात्रा बन्द थियो । जसलाई चीनले खुला गरेको छ । अब नेपालबाट नेपाली नागरिक तथा तेस्रो मुलुकका पर्यटकले मानसरोवर यात्रा गर्न सक्छन् । कैलाश यात्राको उपयुक्त मौसम मे महिनादेखि सेप्टेम्बरसम्म हो ।

भारतीय पर्यटकका लागि भने नेपालको बाटो हुँदै मानसरोवर यात्रा अझै खुला नभएको टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान०का महासचिव विनोद सापकोटाले जानकारी दिए ।

चीनले यस पटक आफ्नो भिसा नीतिमा केही परिवर्तन गरेको छ । विगतमा सामूहिक भिसा दिने गरेकोमा यस पटकदेखि एक पटकमा कम्तीमा ४ जनासम्मले वायोमेट्रिक समेत दिनुपर्ने गरी भिसा नीति चीनले लिएको छ । सोहीकारण पूर्वी वा पश्चिम नेपालबाट मानसरोवर जान चाहने नेपाली भिसा प्रक्रिया पूरा नभएसम्म काठमाडौंमै रहनु पर्ने भएको छ ।

विगतमा नेपालबाट भारतीय नागरिकले चीन प्रवेशको अनुमति पाउने गर्थे । अहिले भने गैरआवासीय भारतीय बाहेक भारतीय पासपोर्ट हुनेहरुले कैलाश मानसरोवर यात्रामा जान अनुमति पाउँदैनन् । पछिल्लो तीन वर्षदेखि यात्राको योजना बनाएर पनि जान नपाएका नेपाली तीर्थालुले भने अब मानसरोवर यात्रामा जान सक्ने सापकोटाले जानकारी दिए ।

अहिले हुम्लाको हिल्सा र रसुवागढी नाकाबाट मानसरोवर यात्रा खुला भएको छ । गत वैशाखदेखि हुम्लाको हिल्सा नाका दुईतर्फी खुला गरिएको छ । अब यो नाकाबाट मानिस र कार्गो दुवैका लागि खुला भएको हो । चीनको अर्को नाका रसुवागढी समेत दुईतर्फी खुला भएसँगै मानसरोवर यात्रामा जानेहरुलाई सहज भएको हो ।

अहिले नेपालगञ्जबाट हुम्लासम्म पुगेर कैलाशको दूरदर्शन गर्न भारतीय पर्यटक समेत आउन सुरु भइसकेको व्यवसायीले बताएका छन् । कैलाशमा जाने अर्को रुट काठमाडौं–ल्हासा हवाई मार्ग समेत हो । यो रुटबाट जानेहरुले भने काठमाडौंबाट ल्हासा सम्म जहाजमा पुगेर त्यहाँबाट १५ सय किलोमिटर सडक यात्रा गरी कैलाश पुग्नु पर्छ ।

कैलाश मानसरोवर यात्रालाई तीर्थालुहरु तीर्थहरुको पनि तीर्थ अर्थातः ‘महातीर्थ’ मान्छन् । चीनको भूमिमा मानसरोवर ताल समुन्द्री सतहबाट ४ हजार ५९० मिटरको उचाईमा अवस्थित छ ।

वायुसेवा सञ्चालक संघको सचिव राजु न्यौपानेका अनुसार नेपालबाट मानसरोवर यात्रामा जाने सबैभन्दा ठूलो संख्या विगतमा भारतीय नागरिकको हुन्थ्यो । उनीहरुले नेपालबाट चीन प्रवेशको अनुमति नपाउँदा हेलिकप्टरले भने अहिले पनि विजनेश पाएका छैनन् । ‘धेरैजसो नेपाली तीर्थालु सडक यात्रा हुँदै रसुवागढीको बाटो जान रुचाउँछन्,’ उनले भने, भारतीय नआउँदा हेलिकप्टरले भने विजनेश पाएका छैनन् ।’

विगतमा सिमिकोट–हिल्सा रुटमा अधिक चापमा हेलिकप्टरहरु उड्ने गर्थे । लुक्लापछि पर्यटक शुल्कमा हेलिकप्टर कम्पनीले बढी आम्दानी गर्ने सिजन नै मानसरोवर यात्रा हुने गरेको उनले स्मरण गरे । मानसरोवर यात्रा सामान्यतया महँगो टुर गन्तव्य समेत हो ।

यो पटक हुम्लामा माउण्टेन हेलिकप्टर र फिस्टेल हेलिकप्टरका एयरक्राफ्ट रहेका छन् । ती हेलिकप्टर अहिले खाद्य संस्थानको चामल बोकेर गाउँगाउँ उड्नु बाहेक अन्य विजनेश नरहेको उनले बताए । भारतीय नागरिकका लागि कैलाश मानसरोवर जाने सबैभन्दा सहज रुट नै नेपालको बाटो हुँदै जानु हो । भारतको सिक्किम बोर्डर हुँदै कैलाश जान सकिने भएपनि सो रुट मौसमका कारण यात्राका लागि अनुकूल मानिदैन ।

नेपालबाट कैलाश मानसरोवर यात्राका लागि अहिले न्यूनतम १ लाख ६५ हजारदेखि अधिकतम तीन लाख रुपैयाँसम्मका प्याकेज बिक्री भइरहेको टानका महासचिव सापकोटाले जानकारी दिए । सामान्यतया १० दिनभन्दा माथिको यात्रापछि मात्र मानसरोवर यात्रा सम्पन्न हुन्छ । मूल्य समय र प्याकेज सुविधा अनुसार फरक फरक पर्ने समेत उनले जानकारी दिए ।

सडक मार्गबाट जाँदा काठमाडौं–केरुङ–सागा–मानसरोवर ताल–माउण्ट कैलाश रुट हुँदै यात्रा गर्ने गरिन्छ । यस्तो यात्रामा प्याकेज भित्र ल्याउने–पुर्‍याउने सवारी साधन, बासस्थान, शाकाहारी भोजन, स्थानीय गाइडसहितको सुविधा कम्पनीहरुले उपलब्ध गराउँछन् । हेलिकप्टर वा काठमाडौं–ल्हासा जहाजमा यात्रा गर्दा यस्तो प्याकेज सडक मार्गको तुलनामा महँगो पर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com