काठमाडौ असार ६।
आज अर्थात जुन २१ तारिख वर्षकै लामो दिनका रुपमा लिइन्छ ।
जुन २१ तारिखलाई वर्षकै सबैभन्दा लामो दिनका रुपमा लिइन्छ । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको हुनेछ । सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ । जुन २०, २१ र २२ तारिखमध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ । भोलिदेखि बिस्तारै दिन छोटो र रात लामो हुदै जान्छ ।








प्रतिक्रिया दिनुहोस्