काठमाडौ असार ६
आज विश्व संगीत दिवस मनाइ“दैछ ।
संगीतका पारखीहरूले विभिन्न कार्यक्रम गरी दिवस मनाउ“दैछन् । संगीतलाई गायन, वादन र नृत्यको त्रिसंयोग मानिन्छ । पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्षको जुन २१ तारिखमा एक सयभन्दा धेरै देशमा विश्व संगीत दिवस मनाउन थालिएको हो । नेपालमा भने २०४५ सालदेखि दिवस मनाउन थालिएको हो । सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक संघले काठमाण्डौमा हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ । यसैबीच काठमाण्डौ उपत्यकाका नेवार समुदायले चार सय वर्ष अघिदेखि जेष्ठ शुक्ल पूर्णिमाका दिन सङ्गीत दिवसका रुपमा मनाउदै आएका छन् । जेष्ठ शुक्ल पूर्णिमाका दिन ललितपुरको मंगलबजारमा ललितपुरका राजा सिद्धिनरसिंह मल्लले तयार पार्नु भएको रागमलहारसहित ३२ वटा राग गाउदै वाद्यवादन प्रस्तुत गरिदै आएको छ । यसवर्ष जेष्ठ शुक्ल पूर्णिमा जेठ २१ गते परेको थियो ।








प्रतिक्रिया दिनुहोस्