काठमाडौं, ३ असार । नागरिकता विवाद, हत्या, रकम असुली र भ्रष्टाचारलगायत काण्डमा मुछिएपछि आमनिर्वाचनको ६ महिना नबित्दै ६ सांसद विवादमा परेका छन । विवादित तीनजना सांसद निलम्बित भएका छन भने भने नागरिकता विवादमा परेका सांसद रवि लामिछानेको क्षेत्रमा उपनिर्वाचन भएर उनै विजयी बने । त्यस्तै, अर्का एकजना सांसदको निलम्बन फुकुवा र एकजना समानुपातिक सांसदको ठाउमा अर्का सांसदले सपथ ग्रहण गरिसकेका छन । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी मुद्दामा सफाइ पाएर पुःन सांसद बनेका छन ।
नागरिकता विवाद, हत्या, रकम असुली र भ्रष्टाचारलगायत काण्डमा मुछिएपछि आमनिर्वाचनको ६ महिना नबित्दै ६ सांसद विवादमा परेका छन । भने विवादित तीनजना सांसद निलम्बित छन । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामा गएसँगै निलम्बित सांसदको संख्या तीन पुगेको हो । यसअघि, मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार काण्डमा र महोत्तरी १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोइरी हत्या आरोपमा मुद्दा चलिरहेकाले निलम्बनमा परेका थिए । यसैगरी, २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रास्वपा सभापति रवी लामिछानेको भने नागरिकता विवादमा अदालतको फैसलापछि सबे पद गुमोको थियो ।
यद्यपी, १० वैशाखमा उपनिर्वाचन भई उनी पुनः निर्वाचित भएका थिए । त्यसैगरी, कैलालीबाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीले सफाइ पाएसँगै सांसद पद पुनर्बहाली भएको छ । यता, रास्वपाका तर्फबाट समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ पनि निलम्बित भई उनको ठाउँमा सो पार्टीले विन्दवासिनी कंसाकारलाई सांसद बनाइसकेको छ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीको कोर टिमलाई २ करोड बुझाउनुपर्ने भन्दै रकम मागेको अडिओ सार्वजनिक भएपछि उनी निलम्बित भएका थिए । यता, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा गएका टोपबहादुर रायमाझी रायमाझी गत ४ मंसिरमा सम्पन्न चुनावमा अर्घाखाँची १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । शरणार्थी प्रकरणमा नाम जोडिएपछि प्रतिनिधिसभा सदस्यबाट १ जेठ २०८० मा उनि निलम्बित भएका छन । त्यसअघि, वैशाख २७ गते रायमाझीलाई नेकपा एमालेले पार्टी सचिवबाट निलम्बन गरेको थियो । यस्तै, मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङ निलम्बित छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरुङविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भई विचाराधीन अवस्थामा रहेकाले उनी निलम्बनमा रहेका हुन् । भ्रष्टाचार मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने व्यवस्था अनुसार उनी गत पुस ८ गतेबाट निलम्बनमा परेका हुन् । भ्रष्टाचार मुद्दाको किनारा नलागेसम्म स्वतः निलम्बनमा रहने व्यवस्थाअनुसार उनलाई निलम्बन गरिएको सचिवालयले जनाएको छ ।
अर्का फरार सांसद लक्ष्मी महतो कोइरी पनि निलम्बनमा छन् । २०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै संसद सचिवालयलाई दोस्रो पटक पत्र पठाएपछि गत वैशाख १९ गते सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् । महतो गत ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित एमाले सांसद हुन् ।
सांसद पक्राउ सम्बन्धी व्यवस्था प्रतिनिधिसभा नियमावलीको नियम २४८ मा छ । प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहे सांसद पद निलम्बन हुन्छ । त्यस्तै संगठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएका व्यक्ति पनि उम्मेदवार बन्न अयोग्य मानिन्छन । कैदमा रहेका व्यक्ति कैद बसेको अवधिभर पनि उम्मेदवार बन्न अयोग्य हुने व्यवस्था छ । तर, त्यसलाई दलहरूले नजरअन्दाज गरेर उम्मेदवार बनाइ निर्वाचनमा सहभागि गराउँदै आएका छन । कानुन निर्माण गर्ने थलोमा पुग्न अपराधमा मुछिएका व्यक्तिलाई नै दलहरूले उम्मेदवार बनाउँदा दण्डहीनताले थप प्रश्रय पाएको छ ।








प्रतिक्रिया दिनुहोस्