ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसकारण २ हजार मतदातालाई १२ हजार मतपत्र


admin

काठमाडौं, १९ माघ । माघ २४ गते सम्पन्न हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले १२ हजार मतपत्र छापेको छ।

चार प्रकारका मतपत्र हरियो र रातो गरि दुई प्रकारको हुनेछ । निर्वाचनका लागि १२ हजार प्रति मतपत्र छापिएको आयोगले जानकारी दिएको छ।

राष्ट्रियसभाको निर्वाचनमा २ हजार ५६ जना मतदाता छन्। ७ सय ५३ स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ जना मतदाता हुनेछन्। त्यस्तै, प्रदेशसभाका ५ सय ५० जना सांसदले पनि मत खसाल्नेछन्।

कुल २ हजार ५६ जना मतदाताको लागि आयोगले भने १२ हजार मतपत्र छापेको छ।

संविधानमा रहेको राष्ट्रियसभामा रहेको क्लस्टरको प्रतिनिधित्वको कारण यति धेरै मतपत्र छापिएको हो आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने,’ संविधान अनुसार, राष्ट्रियसभामा कुल ५६ जना निर्वाचित सदस्यमध्ये प्रत्येक प्रदेशबाट ८ जनाको दरले निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशका ८ जनामा पनि ३ जना महिला, ३ जना अन्य समूह, एक जना दलित र एक जना अल्पसंख्यक वा अपांग निर्वाचित हुनुपर्नेछ। प्रत्येक क्लस्टर वा समूहका लागि बेग्लै मतपत्र हुनेछ।’

ढकालका अनुसार, प्रत्येक मतदाताले चार वटा मतपत्र पाउनेछन्। ती छुट्टाछुट्टै समूहको लागि मतदाताले छुट्टाछुट्टै मतपत्रमार्फत मत दिनुपर्नेछ।

राष्ट्रियसभामा स्थानीय तहका प्रतिनिधिको प्रति मतभार १८ र राष्ट्रियसभाको सदस्यको मतभार ४८ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com