ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गरिबीले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् स्वास्थ्यमन्त्री बस्नेत


एबीसी न्यूज

काठमाडौं, ३१ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ ।
ललितपुरको जावलाखेलस्थित आज लाइफलाइन हेल्थ होम केयरले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा उहाँले पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने गरी कार्ययोजना बनाएर सुरु गरेको अभियान निरन्तर जारी रहेको बताउनुभएको हो ।
“मेरो लक्ष्य नेपालमा पाँच वर्षभित्र गरिबीका कारणले कोही पनि स्वास्थ्य सुविधाबाट वञ्चित नहोस् भन्ने हो, त्यसका लागि निश्चित कार्ययोजना र मापदण्ड बनाएर सूर्तीजन्य पदार्थबाट सङ्कलन हुने अर्बौं रकमबाट गर्नुपर्छ भन्ने अभियान निरन्तर जारी रहनेछ, तपाईंहरुले साथ दिनुपर्ने छ, असल कामका लागि धेरै समर्थन प्राप्त हुन्छ, जस्तोसुकै अफ्ठेरो अवस्था आए पनि त्यसलाई छिचोल्दै जानुपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो ।
संविधानले प्रदत्त गरेको हक र अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “सबै अस्पतालले गरिब र असहायलाई उपचार गर्नु पर्छ, अस्पतालहरुले स्वीकृति लिने बेलैमा प्रदान गर्ने सम्पूर्ण उपचार सेवाको १० प्रतिशत न्यून आयस्तर भएका, गरिब र बेवारिसे बिरामीलाई उपचार गर्नुपर्छ भनेर सम्झौता गरेको भए पनि त्यो कार्यान्वयन हुन सकेको थिएन, म आएपछि देशैभर सर्कुलर जारी गरेर यसलाई कार्यान्वयनमा ल्याउन जोड दिएको छु ।”
सोका लागि एउटा मापदण्ड बनाइएको र २२ जिल्लामा गरिबी तथा विपन्नताको कार्ड पाएका नागरिक रहेका तथा त्योभन्दा बाहेक जिल्लामा निर्वाचित वडाका जनप्रतिनिधिको सिफारिसमा गरिब तथा विपन्नता भएका व्यक्तिको उपचार गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी गराउनुभयो । विपन्न जनताको निःशुल्क उपचार गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ छ ।
मन्त्री बस्नेतले महङ्गो उपचारबाट जनता पीडित भएको अवस्थामा उपचार नै गर्नु नपर्ने गरी नागरिकलाई सचेत बनाउन जरुरी भएको औँल्याउनुभयो । उहाँले दिनको एक घण्टा शारीरिक व्यायामका लागि छुट्याउन आवश्यक छ भन्ने सचेतना जगाउन र उचित आहारका लागि ध्यान दिन प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
लाइफलाइन हेल्थ होम केयरका सञ्चालक समिति सदस्य समीर जोशीले होम केयरका रुपमा दुई वर्षदेखि सञ्चालनमा रहेको यस स्वास्थ्य संस्थाले पोलिक्लिनिकका रुपमा आठ महिनादेखि सेवा प्रदान गरिरहेको बताउनुभयो । “हामीले ‘वेटर हेल्थ वेटर सोसाइटी’को नाराका साथ काठमाडौँ मेडिकल कलेजसँग सहकार्य गरेर देशैभर स्वास्थ शिविर सञ्चालन गरिरहेका छौँ, अहिले बागमती प्रदेशभर स्वास्थ शिविर सञ्चालन गरिरहेका छौँ, शिविरमा आएकामध्ये अप्रेसन गर्नुपर्नेलाई कलेजमा ५० प्रतिशत छुट हुने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “प्राइभेट संस्था भए पनि नाफामा केन्द्रीकृत भएका छैनौँ, नर्सिङ कलेजहरुसँग पनि सहकार्य गरेका छौँ, ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर न्यूनतम शुल्कमा सेवा पु¥याएका छौं ।”
विभिन्न सङ्घसंस्थाको सहयोग र काठमाडौँ मेडिकल कलेजसँगको प्राविधिक सहकार्यमा लाइफलाइन हेल्थ होम केयरले सञ्चालन गरेको बृहत् स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा जनरल मेडिसिन, जनरल शल्यक्रिया, प्याथोलोजी, स्त्रीरोग, बालरोग, दन्तरोग, हाडजोर्नी, नाक, कान, घाँटी, आँखा, इसिजी, भिडियो एक्स–रे, मधुमेह, युरिक एसिड लगायतका समस्यामा सेवा उपलब्ध हुने डा विपु ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com