काठमाडौं, ३१ जेठ । सुकेधारास्थित बुकलिन कलेजले एसईई बास्केटबल प्रतियोगिता २०८० सम्पन्न गरेको छ ।
प्रतियोगितामा विभिन्न विद्यालयबाट एसईई परीक्षा दिएका बसेका विद्यार्थीरुहको लागि ३ दिने बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा पुरुष तर्फ १६ टिम र महिलाको ६ टिम सहभागी थिए । पुरुषतर्फबाट पहिलो स्थानमा क्लस्टर,दोस्रोमा रिलाइन्स कोएड र महिलातर्फ पहिलोमा इन्साइट भिजन स्कुल र दोस्रोमा हिमशीला र दिक्षान्तको मिक्स टिम विजयी भएको छ । विजेताहरुलाई प्रमाणपत्र, मेडल र नगद पूरस्कार प्रदान गरिने बुकलिन कलेजको अनुशासन तथा अतिरिक्त किैयाकलापका इन्चार्ज रन्जीत क्षेत्रीले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्