ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज

दाङ  । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चा बनाउने तयारी भइरहेको बताएका छन्।
माओवादी केन्द्र दाङ जिल्ला समन्वय समितिद्वारा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरी पहलकदमी लिइएको बताएका हुन्।

‘समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ। विचार राजनीतिमा व्यापक छलफल, ठूलो ध्रुवीकरण र एकतासहित समाजवादी क्रान्ति हुन्छ। त्यो हाम्रै पहल र हाम्रै नेतृत्व हुन्छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘नेकपा जन्माउने विचार र प्रयोग पनि हाम्रो पहल थियो। त्यो आत्मसमर्पण र बिसर्जनको बाटो थिएन। समाजवादको आधार तयार पार्ने महान् उद्देश्यमा आधारित थियो। त्यसका लागि उक्त एकता गरिएको थियो।’

हिजोको एकता कायम राख्न सम्भव नभएको उल्लेख गर्दै फेरि एकताका लागि पहल गर्नुपर्ने बताए। ‘समाजवादी मोर्चाको दस्तावेज टुंग्याएका छौँ। हाम्रो पार्टी, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादवहरूले नेतृत्व गरेका शक्तिबीच केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ। तल्लो तहसम्म समाजवादी मोर्चा बन्छ। एमालेमा पनि एकताका पक्षधरहरू छन्। उनीहरूको नेतृत्व परिवर्तन भएमा एमाले पनि एकताको पक्षमा आउँछ। त्यहाँ मुख्य नेतृत्व नै मूल रूपमा एकताको बाधक देखिन्छ।’

फेरि नेकपा बनाउने कोसिस भइरहेको जानकारी उनले दिए। ‘यसभित्र ठूलो अर्थ छ। जनताको ठूलो हिस्सालाई संगठित नगरी समाजवादी क्रान्तिको आधार तयार पार्न सकिँदैन, यसलाई सबैले गम्भीर रूपमा सोच्न जरूरी छ’, प्रधानमन्त्रीले भने, ‘देशका सच्चा वामपन्थी र कम्युनिस्टहरूबीच एकताका लागि व्यापक बहस चलाउँछौँ।’

आफूहरूले गरेको क्रान्ति मौलिक र जीवन्त भएको दाबी गर्दै उनले किताबमा लेखेजस्तो होइन, आफ्नै जीवनको अनुभवका आधारमा क्रान्ति गरिएको बताए।

‘हाम्रो क्रान्ति विश्वमै मौलिक खालको छ’, प्रधानमन्त्रीले भने, ‘लेनिनले क्रान्तिमा दुई कार्यनीतिको कुरा गर्नुभयो। तर, उहाँले लेखेजस्तै दस्तावेजमा भनिएजस्तो क्रान्ति भएन। मौलिक भयो। किताबमा लेखेजस्तो होइन, जीवनमा भोगेजस्तो क्रान्ति भयो। लेनिनले फेब्रुअरी क्रान्तिलाई पुँजीवादी क्रान्तिका रूपमा संश्लेषण गर्नुभयो।’

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको दस्तावेजले समाजवादी क्रान्तिको दिशानिर्देश गरेको उनको भनाइ छ। ‘त्यसमा समाजवादको नेपाली विशेषता र मौलिकतासहित क्रान्तिको आधार तयार पार्ने संश्लेषण गरिएको छ’, उनले भने।

भ्रष्टाचारलाई निर्मूल पारेर मात्र देश निर्माण तथा पार्टी पुनर्निर्माण गर्न सकिने उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा कसैसँग सम्झौता नगर्ने दाबी गरे। ‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई तार्किक निष्कर्षमा पुर्‍याउँछौँ’, उनले भने, ‘भ्रष्टाचारका नयाँ फाइलहरू खोल्छौँ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

सम्बन्धित

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन, सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, के गर्ला निर्णय ?

प्रधानमन्त्री ओलीसँग देउवाले गरे एक घण्टा छलफल

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा मुछिएका तत्कालीन महासचिव श्रेष्ठ ५ लाख धरौटीमा रिहा

प्रधानमन्त्री र अर्थमन्त्रीलाई देउवाको दूरभास चेतावनी – ‘टेक एण्ड पे’को व्यवस्था नहटाए बजेट पारित हुँदैन

देउवासँग एक घण्टा छलफल गरेर ओली मन्त्रिपरिषद् बैठकमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com