ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेती नदीको वैज्ञानिक सिमाङ्कन गर्न माग


एबीसी न्यूज

काठमाडौं, ३० जेठ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखबाट उत्पत्ति भएर पोखराको मध्यभाग भएर बग्ने सेती नदीको वैज्ञानिक सिमाङ्कनको माग गरिएको छ । नदीको सिमाङ्कन नहुँदा नदी दोहन बढेको भन्दै सेती नदी संरक्षण अभियानले स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो । सेती नदीको संरक्षणको काम गर्ने उद्देश्यसहित हालै जिल्ला प्रशासन कार्यालय कास्कीमा सेती नदी संरक्षण अभियान नामको सामाजिक संस्था दर्ता गरिएको छ ।

सेतीमा वर्षौँदेखि हुँदै आएको ढुङ्गा, बालुवा, गिट्टीको दोहन र नदी किनारामा बढ्दै गइरहेको मानव बस्तीका कारण नदीको प्राकृतिक बहावमा परिवर्तन हुँदा ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । कति क्षेत्रभित्र उत्खनन गर्ने भन्ने निश्चित नभएकाले जथाभावी र मनपरी तरिकाले दोहन बढेपछि नदीको सिमाङ्कन माग गरिएको होे ।

नदी गहिरिँदै गएको र नदीको बहावको तीव्रता बढेका कारण वर्षात्मा आसपासका निजी र सार्वजनिक जमिनको क्षयीकरण हुँदा करोडौँको लागतमा बनेका पुल, अन्तिम संस्कार गरिने घाटसमेत क्षतिग्रस्त भएको सेती नदी संरक्षण अभियानका अध्यक्ष हेमराज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “धार्मिक आस्थाका स्थानसमेत जोखिममा रहेको र बढ्दो मानव क्रियायाकलापका कारण नदीको जल ढलमा परिणत भइरहेको छ । यस्तो दुर्दशा न्यूनीकरणको उद्देश्यले सेती आसपासमा बसोबास गर्ने जनसमुदायको अगुवाइमा सेती नदी संरक्षण अभियान सामाजिक संस्था दर्ता गरेका छौँ ।”

संस्थाले मुलतः सेती नदीको वैज्ञानिक सिमाङ्कन, नदीलाई प्राकृतिक अवस्थामा बग्न दिई थप क्षति हुन नदिन संरक्षणमुखी ठोस कार्य गर्न ल्याउन तीनै तहका सरकारसँग मागसमेत गरेको छ । नदीमा भइरहेको फोहरको व्यवस्थापन गर्न जनचेतनालगायतका समुदायस्तरबाट सरसफाइ कार्यको संयोजन, सांस्कृतिक, धार्मिक आस्थाका स्थलको संरक्षण तथा नदीलाई सौन्दर्यकरण गर्न सरोकारवालालाई उत्प्रेरित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने अभियानले जनाएको छ ।

सेती नदी संरक्षण अभियानका पदाधिकारीले नदी संरक्षणका कार्यक्रम ल्याउन सोमबार पोखरा महानगर प्रमुख धनराज आचार्यसमक्ष माग गरेका छन् । प्रमुख आचार्यलाई महानगरमा भेट गरी उनीहरूले संरक्षणका लागि आग्रह गरेका हुन् ।

महानगरको आगामी वर्षको बजेट तथा कार्यक्रममा सेती सिमाङ्कन सेती नदीको प्राकृतिक बहावलाई कायम गर्न बिनाविलम्ब चाल्नुपर्ने कदम, नदी सरसफाइ र स्वच्छता कायम गर्ने गरी कार्यक्रम सञ्चालन गर्न माग गरेका हुन् । महानगरले नदीको सौन्दर्यकरण र पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिइएको छ ।

“संरक्षणका ठोस काम नगरी भविष्यमा कुनै पनि हालतमा दोहनरुपी उत्खनन गर्ने काम दोहोरिने छैन भन्ने अपेक्षा महानगरसँग गरेका छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “महानगरले चाल्ने संरक्षणका ठोस तथा सकारात्मक क्रियाकलापमा अभियानको साथ र सहयोग रहने प्रतिबद्धता महानगरसमक्ष गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com