ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट अल्मलिएको र छरिएको भन्ने सांसदहरुलाइ अर्थमन्त्रीको जवाफ (भिडियो)


एबीसी न्यूज

काठमाडौं । आगामी आर्थिक वर्षका लागी सार्वजनिक बजेटमाथि सोमवार अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएका छन । अर्थमन्त्री महतले संघीयता कार्यान्वयन गर्नतर्फ केन्द्रीत भएर बजेट आएको बताएका छन् । डा. महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिदै बजेट अल्मलिएको र छरिएको भन्ने सांसदहरुको भनाई आलोचनाका लागि मात्रै भएको बताए । समयानुकुल अर्थतन्त्रको अवस्था हेरेर स्रोतले भ्याएसम्म बजेटले सम्बोधन गरेको अर्थमन्त्रीको आसय थियो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैया बराबरको बजेट सार्वजनिक गरेका थिए । जेठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि जेठ २१ गतेदेखि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको हो । करिब हप्तादिन भएको छलफलमा भाग लिने अधिकाँसले यसको विरोध नै गर्न भ्याय । विरोध गर्नेमा प्रमूख प्रतिपक्षीदेखि सत्तारुढलका अधिकांश सांसद छन् । केही सांसदहरुले समय अनुसार बजेट उपयुक्त आकार र प्राथमिकतासहित आएको प्रतिकृया दिएका छन् । विनियोजित बजेट लगत्तै प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा सोमवार डा. महतले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन । बजेटको आकार, राजस्व परिचालन, पुँजीगत खर्च, परिमार्जित कर प्रणाली, सार्वजनिक ऋण, परियोजना छनोट र बजेट कार्यान्वयनकै सवालमा संसदमा उठेको प्रश्न तथा जिज्ञासामा जवाफ दिँदै अर्थमन्त्री डा.महतले वर्तमान कठिन परिस्थिति र चुनौतीलाई मनन गर्दै संंयमित र सजग भएर आर्थिक वर्षको बजेट ल्याइएको दावी गरे ।

सार्वजनिक ऋणको दायित्व बढेकै कारण, वैदेशिक सहयोग र राजस्वलाई समेत ध्यानमा राखेर चालु आर्थिक वर्षको भन्दा २.३४ प्रतिशत कम बजेट ल्याएको डा. महत बताउ“छन । सांसदहरुले घटेरै आएको बजेटप्रति पनि कार्यन्वयनमा चुनौती रहेको बताउ“दै गर्दा आर्थिक वर्षको बजेट वास्तविक आर्थिक स्थिति, बजेटको स्रोत व्यवस्थापन र कार्यान्वयनलाई अत्यन्त गम्भीरतापूर्वक संयमित भएर नै ल्याएको भन्दै अर्थमन्त्री डा. महतले बजेटमा सशंकित नहुन सांसदहरुलाई आग्रह समेत गरे । खर्च कटौतीका हिसाबले बजेटले अनावश्यक संस्थाहरू खारेज गर्ने निर्णय भएकोमा यसको विषयमा समेत प्रश्न आएको बताउ“दै अर्थमन्त्री डा.महतले आवश्यकता र औचित्यलाई हेरेर निर्णय गरिएको बताए ।
विभिन्न उपभोग्य वस्तुमा लागेको करका विषयमा संसदमा उठेका प्रश्नमा उत्तर दिँदै अर्थमन्त्री डा.महतले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न र आयात निरुत्साहन गर्नकै लागि तरकारीजन्य वस्तुहरूमा भ्याटको व्यवस्था गरिएको बताए । यस्तै, विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पा“च वर्गमा छुट्ट्याएर कर लगाएको प्रस्टीकरण दिएका छन् । चालु आर्थिक वर्षको भन्दा बजेट घटेरै आएपनि कार्यन्वयनमा चुनौती देखिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन । त्यस्तै, अर्थमन्त्री महतले मुलुकमा विद्यमान अर्थतन्त्रका समस्या र चुनौती ठिक ढँगले पहिचान गरेर समाधानका उपायहरू अघि सार्न नसकेको, अवस्थामा राजश्व संकलन लक्ष्य अविश्वसनिय रहेको आरोप समेत खेप्दै छन । यसैपनि, बजेट आफै“मा सबथोक होइन, एउटा वैधानिक दस्ताबेज हो । बजेटमा लेखिएका कुराभन्दा त्यसको कार्यान्वयन कसरी हुन्छ भन्ने महत्वपूर्ण हुन्छ । बजेट लगत्तै बजेटमाथी विश्लेषणभन्दा पनि बजेटको कार्यान्वयनमा सहजता कसरी ल्याउने भन्ने कुरालाई महत्व दिने हो भने पक्कै पनि बजेटमा प्रस्तुत बिषय समयमै र सहजै सम्बोधन हुन सक्लान ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com