बाजुरा । अघिल्लो बर्ष असोज १९ देखि २५ गतेसम्म परेको अविरल वर्षका कारण बाजुरा जिल्ला जगन्नाथ गाउपालिकाका ११५ घर पुर्णरुपले क्षति भएका थिए । बाढीपहिरोका कारण क्षति भएका ११५ परिवार गाउ छोडेर नजिकै रहेको पाल्ती गाउको चौरमा पालमुनि बस्न बाध्य भएका छन् । बाढीपीडितहरुले हर दिन हर क्षण हार गुहारको याचना गर्दापनि अहिलेसम्म सरकारी निकाए भने कानमा तेल हालेर बसेको छ । ६ महिना सम्म विभिन्न निकाएमा हारगुहार गर्दा बल्ल बल्ल जगन्नाथ गाउपालिकाले जग्गा उपलब्ध गराएपनि पैशाको अभावमा घर बनाउन नसकेको स्थनाीय फागुने सार्कीको गुनासो छ । हुन त सरकारले केहि रकम उपलब्ध नगराएको पनि होइन तर, त्यो रकमले स्थनाीयको घरत परै जायोस ढोका किन्न पनि नसक्ने अवस्थामा रहेका छन् ।
बाढीपहिरोले घर भत्काएको ८ महिना भइ बितिसक्दा पनि आफुहरु घर भित्र बस्न नपाएको गुनासो स्थानीय सर्वसाधारणको छ । गाउ“पालिकाले जग्गा उपल्ब्ध गराएको भएपनि घर निर्माण हुन सकेका छैनन । कारण सरकारबाट प्रयाप्त बजेट स्थानीयको हातमा पर्न सकेको छैन । सरकारले बाढीपहिरोले भत्काएका घर केहि दिनमै पुन व्यवस्थापन गर्ने भन्ने आस्वासन दिएको भएपनि अहिले सम्म सरकारले कुनै वास्तानै नगरेको स्थानीय बताउछन् ।
अव फेरि बर्खा सुरु भयसकेको छ । कुन दिन कति बेला पहिरो आउछ र कता भागेर ज्यान जोगाउने भन्ने कुराले स्थानीयलाई फेरि पिरोल्न थालेको छ । पानी परेको समयमा छोरा, छोरी काखमा च्यापेर घर बाहीरको खुल्ला चौरमा जानु पर्ने बाध्यता रहेको पीडितको भनाइ छ । आफुहरुको यस्तो अवस्थामा पनि सरकारले बेवास्ता गरेकोमा स्थानीय वासिन्दा सरकारको आभाष हुन नसकेको दुख पोख्छन् ।
स्थानीय पीडितका घरहरु निमार्णका लागि राष्ट्यि विपद् जोखीम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयले जिम्मा लिएको बताउदै जगन्नाथ गाउपालिका दैविक विपद तथा उद्धार समन्वय समितिका कर्मचारी निरेस कटेलले जगन्नाथ गाउपालिकाको १० प्रतिसत, प्रदेश सरकारको ३० र ६० प्रतिसत संघ सरकारले बजेटबाट घरहरु निमार्ण हुने बाताउ“छन् । तर, उपयुक्त स्थानमा जग्गा नपाउनु र जग्गा पाइसकेपछी जग्गाको मुल्याङकन र वर्गीकरणमा समस्या आएकाले आवास निर्माणमा ढिलाई भएको उनि बताउछन् । अहिले पनि जगन्नाथ गाउपालिका वडा नं ६ पाल्ती गाउ“का बाढीपीडितहरु पुर्ण रुपमा जोखिममै रहेका छन् । उनिहरुको सहज आवास निर्माणमा स्थनीय सरकारले चासो दिन जरुरी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्