ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालीपौष्टिकता र पर्यावरणीय हिसाबले एक नम्बरमा कोदो (भिडियो)


एबीसी न्यूज

काठमाडौं । नेपाली जनजीवनमा महत्व थाहा नपाएर कु अन्नको उपाधि दिइएको कोदोको महत्व विश्वभर बढ्न थालेको छ । पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ । संयुक्त राष्ट्र सङ्घलेकोदोजन्य बाली वर्ष, २०२३ आवहन गरेको बाट विश्वभर कोदो महत्व बढेको पुष्टि हुन्छ ।

नेपालको सन्दर्भमा मुख्य खाद्यान्न बालीहरु मध्ये चौथो नम्बरमा पर्ने कोदो बालीपौष्टिकता र पर्यावरणीय हिसाबले एक नम्बरमा पर्ने गर्छ । महत्व नबुझ्दा कम खाने गरेको कोदोका परिकारमा मकैमा भन्दा ३५ गुणा र गहुंमा भन्दा ८.७३ गुणा बढी क्याल्सियम कोदोमा पाइन्छ । यसैगरी चामलमा भन्दा २.३गुणा, मकैमा भन्दा ३.७ गुणा र गहु“मा भन्दा १.५ गुणा बढी फलाम तत्व पाइन्छ।कोदोमा क्याल्सियम, आइरन, प्रोटिन, खनिज लगायतका पौष्टिकताले युक्त औषधीय गुण भएको बाली भएकोले बालबालिका, गर्भवती, मधुमेह, रक्तचाप लगाएतका बिरामीहरुका लागि निकै उपयोगी खाद्यान्न मानिन्छ । मुटु रोग, स्वासप्रश्वास, पाचन प्रणाली, क्यान्सर लगायतका रोगहरुमा लाभदायक देखिएको यो खाद्यान्न रोगप्रतिरोधात्मक क्षमता हुने र यसले मांसपेशी र हड्डीलाई समेत मजबुत बनाउने पुष्टि भएको छ । दुईवटा खोदोको रोटी खादाएक आइरन चक्की बराबर हुन्छ भनेर चिकित्सकले बताउने गरेका छन् ।पछिल्लो समय कोदोको माग गाउभन्दा शहरमा बढीरहेको छ ।कोदोबाट ढिंडो, रोटी, सातु, लिटो, खोले, पुवामात्र नभएर सबैभन्दा चर्चित परिकार मःम समेत कोदोको पाइन्छ । आजभोलि त काठमाडौंका तारे होटलदेखि राजमार्गका रेष्टुरेष्ट तथा रिसोर्ट र हिमाली क्षेत्रका होमस्टेमा दरिलो स्वागतको रुपमा कोदोको विभिन्न परिकार प्रयोग हुन थालेको छ ।

उत्पादनका हिसाबले सबैभन्दा सजिलो बालीको रुपमा पनि कोदो बालीलाई लिन सकिन्छ । कोदो सख्खा स्थानमा पनि लगाउन सकिन्छ । यो बाली तराई देखि ७००० फिट अग्लो पहाडसम्म गर्न सकिन्छ। अन्य खेतीको तुलनामा यो सजिलो खेती पनि हो । धान, मकै, गहू“ उत्पादन नहुने जग्गामा पनि कोदो खेती गर्न सकिन्छ । यसलाइ प्रवर्द्धन गर्नकालागी चाउचाउ, पाउरोटी, बिस्कुट, क्याण्डी, सातु जस्ता मुल्यश्रृखलाका आयामहरूमा जोड्दै लाने हो भने किसानले उचित मुल्य पाउने र उपभोक्ताले औषधिय गुण भएको खाद्य बस्तु प्राप्त गन सक्छन् । नेपालमा मात्रै नभए विश्वभर कोदोको माग बढ्दै गएपछि संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई कोदो वर्षको रूपमा मनाउदैछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पूरक प्रस्तावमा संयुक्त राष्ट्र सङ्घ साधारण सभाको ७५औं सत्रले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालमा पनि दिवसका रुपमा विभिन्न कार्यक्रम गरिदैछ । कोदोजन्य बालीको महत्वबारे प्रचारप्रसार गरी तिनको उत्पादन र उपभोग बढाउन उत्पादक कृषक, उपभोक्ता र अन्य सरोकारवालालाई प्रेरित गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाइ“दैछ । नेपालका ७० भन्दा बढी जिल्लाहरूमा कोदोजन्य बाली हुने गरेको भन्दै नेपाल सरकारले पनि यसलाई प्राथमिकता राखेको छ ।

कोदोजन्य बालीको विकास र संरक्षण एवम् प्रवर्द्धनमा संलग्न गैरसरकारी एवम् निजी क्षेत्रमा सक्रिय व्यक्ति एवम् निकायहरूको समेत उल्लेखनीय भूमिका हुनेछ । तीन तहका सरकारले कोदोजन्य बालीलाई केन्द्रमा राखेर रैथाने बाली प्रवद्र्धन कार्यक्रम विगत पाच वर्षदेखि सञ्चालित छ । खाद्य पोषण सुरक्षामा विश्वव्यापी रूपमा नै देखिएको संकटोन्मुख अवस्थाका बीच संयुक्त राष्ट्र सङ्घको आह्वानमा मनाइने अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष, २०२३ लाई पोषण तथा स्वास्थ्यको दृष्टिले कोदोजन्य बालीहरूको महत्व उजागर गरेको विज्ञले बताएका छन् । कोदो सुख्खा सहन सक्ने बाली भएकाले नेपाल जस्तो आकाशे खेतीको भर पर्नुपर्ने देशमा कोदो खेती उयुक्त मान्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायल–इरान द्वन्द्व चर्किएपछि भारत सतर्क, बनायो ‘कन्ट्रोल रुम’

इजरायल र इरानबीचको युद्धले तेल र ग्यास पठाउने जल मार्ग प्रभावित हुन सक्ने जोखिम

सम्बन्धित

रास्वपाले भिरेको रिबनप्रति कांग्रेसले जनायो नियमापत्ति

कानुन व्यवसायीलाई मुद्दा मिलापत्रको जिम्मेवारी दिनु हुँदैनः मन्त्री चौरसिया

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

केपी ओलीविरुद्ध भीम रावलको आक्रोश: ‘बामालेका झोले अध्यक्ष’

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com