ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय सुनुवाइ समितिको बैठक : प्रस्तावित प्रधानन्यायाधीशको उजुरीबारे छलफल हुने


एबीसी न्यूज
जेष्ठ २९, २०८० सोमबार  ६ : ५३ बजे

काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक सोमबार बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रस्तावित प्रधानन्यायाधीश उपर प्राप्त उजुरी खोली वितरण गर्ने, प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइसम्बन्धी कार्यतालिकामाथि छलफल तथा निर्णय गर्ने बारेमा छलफल हुनेछ ।

कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ । कार्कीविरुद्ध एक जना बहालवाला न्यायाधीशको उजुरी परेको छ भने ७ जना अधिवक्ता, ३ जना अधिकारकर्मी लगायतले उजुरी गरेका छन् । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईका साथै अधिवक्ताहरू अमृत खरेल, यादव कोइराला, ध्रुवबहादुर श्रेष्ठले उजुरी गरेका छन् । यस्तै अभियन्ता रतन भण्डारीसहितका व्यक्तिहरूले कार्की प्रधानन्यायाधीश लागि योग्य नभएको दाबी गर्दै उजुरी गरेका छन् ।

कार्कीविरुद्ध आर्थिक पाटोका साथै कानुनी पाटोको विषयमा उजुरी परेको सचिवालयले जनाएको छ । समितिले गत जेठ १६ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । जसमध्ये ५ वटा उजुरी इमेल मार्फत आएको र अरु उजुरी लिखित रूपमा कार्यालयमा आएको छ ।

कार्कीमाथि परेका उजुरीहरु सुनुवाइ समितिले गोप्य राखेपनि केही कानुन व्यवसायीले आफूले गरेका उजुरी सार्वजनिक गरेका छन् । अधिवक्ता अमृत खरेलले प्रधानमन्त्री र विपक्षी दलको मिलेमतोमा संवैधानिक सर्वोच्चता र कानुनी शासनको सिद्धान्तको बर्खिलापको बलमिच्याँई काम भएको उल्लेख गर्दै कार्कीको नाम सिफारिसमा कानुनी वैधता नभएको जिकिर गरेका छन् ।

साथै उनले कार्की न्यायाधीशमा नियुक्त हुनुअघि नेकपा एमालेको कार्यकर्ता रहेको भन्दै उजुरीमा भनेका छन्,‘दलीय न्यायाधीशका रूपमा छिराएर न्यायालय उपर राजनीतिक कब्जा र नियन्त्रण गर्ने नियोजित उद्देश्यले उहाँलाई सर्वोच्चको न्यायाधीश पदमा सिफारिस गर्ने प्रमुख सिफारिसकर्ता तत्कालीन कानूनमन्त्री रहेका अग्निप्रसाद खरेलको उहाँ ल फर्मका साझेदार आर्थिक एवं वित्तीय स्वार्थ गाँसिएका व्यक्ति हुनुहुन्थ्यो ।’

अधिवक्ता खरेलले २०६५ सालमा भएको एमालेको राष्ट्रिय महाधिवेशनमा कार्की अध्यक्ष मण्डलमा सचिव रहेको बताएका छन् । एमालेकै टिकटबाट नेपाल बार एशोसिएनको अध्यक्षमा निर्वाचित भएको उल्लेख गरेका छन् ।
उनले सर्वोच्चमा न्यायाधीश हुनका लागि महान्यायाधिवक्ताको संवैधानिक पद र नेपाल बार एसोसिएसनको अध्यक्ष पदको दुरुपयोगकर्तालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न नहुने तर्क गरेका छन् ।

कार्की गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश लागि सिफारिस भएका थिए । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की आगामी साउन २० देखि अनिवार्य अवकाशमा जाने छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com